नेपालमा कोरोना संक्रमित ४२७ पुगे, तीन वर्षीय बालकसमेत संक्रमित

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार थप २५ जनामा देखिएसंगै कोरोना संक्रमित ४२७ पुगेका हुन् ।

संक्रमितमध्ये पुरुष ३५८ र महिला ६९ जना छन् । अहिलेसम्म २ जनाको मृत्यु भएको छ । एक पुरुष र एक सुत्केरी महिलाको मृत्यु भएको हो । एक जना भने बुटबलको क्रिमसन अस्पतालको भेन्टिलेटरमा मृत्यु कुरिरहेका छन् ।

उनको अवस्था नाजूक भएकाले यसअघि नै मिडियाहरुले ज्यान गइसकेको बताए पनि मन्त्रालयले त्यसलाई गलत भनेको छ । अस्पतालले पनि गलत भनेको छ ।

यता बुधबार बाँके, धनकुटा, कपिलवस्तु र नवलपरासीका संक्रमित थपिएका छन् । संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् ।

डा देवकोटाका अनुसार सात जना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । कपिलवस्तुका १३, बाँकेका ६, धनकुटाका पाँच र नवलपरासी पश्चिमका एक जनामा संक्रमण देखिएको हो ।

अहिलेसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ र आरडीटी ७५ हजार ७२ जनाको कोरोना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार चार सय ८८ र आरडीटी ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म नेपालमा क्वारेन्टाइनमा २३ हजार दुई सय २ जना छन्।

कोसी अस्पतालमा रहेका आठ जना पुरुषको पीसआिर नतितजा नेगेटिभ आएपछि २९ देखि ३३ दिनदेखि स्पतालमा रहेका डिस्चार्ज भउका छन्। डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ।

३८ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ । सबैभन्दा बढी प्रदेश ५ मा १९६, प्रदेश २ मा १३६, प्रदेश १ मा ५९, बागमती प्रदेशमा २६, सुदूरपश्चिममा ५, गण्डकीमा ४ र कर्णाली प्रदेशमा १ जना संक्रमित रहेका छन् ।