कोरोनाबाट नेपालमा सात जनाको गयो ज्यान, १४ सय बढी संक्रमित

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट सात जनाको ज्यान गएको छ । सातौं मृतक दैलेख जिल्लाको दुल्लु नगरपालिकाका ३५ वर्षका युवा हुन् ।

उनको दुल्लु नगरपालिका –७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनको शनिवार बिहान नै मृत्यु भएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा लक्ष्मी नारायण तिवारीले उनको कोरोनाबाट मृत्यु भएको जानकारी गराएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १४ सय १ पुगको छ । शनिबार १८९ जना संक्रमित थपिएका छन् ।

२१९ जनालाई निको भएको छ । १ लाख १० हजार ७८ जना क्वारेन्टाइनमा रहेका छन् ।