हैट ! अन्नपूर्ण मिडियाको प्रेस पास बनाएर चोरी ?

Home Feature नपत्याए पनि समाचार

काठमाडौं । प्रेस पास बनाएर चोरी ? ओहो ! यस्तो पनि हुने रैछ । प्रेस पासको दुरुपयोग गर्ने पत्रकारबारेमा त समाचार आएकै हो । तर प्रेस पास बनाएर नक्कली पत्रकार बनेर चोरी काममा लागेको त विरलै पढ्न पाइन्छ ।

हो, भएको छ त्यस्तै । महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौंको भत्केको पुल चावहिलबाट दुई जना पत्रकारको भेषका चोरलाई पक्राउ गरेको छ ।

पत्रकारका भेषका चोरहरु हिमाल रसाइली र अलि आलम मियाँ हुन् । पक्राउ परेका छन् । दुवैले एउटै पास देखाएर उपत्यकाका विभिन्न ठाउँमा पुग्ने र घर, होस्टल र पसलमा जे भेटे पनि चोर्ने गरेको पुलिसको तथ्यांक छ ।

प्रहरीले उनीहरुका साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्याननको क्यामेरा, नगद ५३,०००, अमेरिकी डलर ३ सय, चाइनिज युआन २ सय र धारिलो हतियार बरामद गरेको छ।

महाशाखा प्रमुख एसएसपी दिपक थापाले उनीहरुबाट बरामद पास नक्कली भएको बताए । उनले एपीवान टेलिभिजनका पत्रकारलाई पास दुरुपयोगको निवेदन दिन लगाएर किर्तेमा समेत कारबाही अघि बढ्ने बताएका छन् ।

एसएसपी थापाका अनुसार दुवैले प्रहरी चेकजाँचमा पटक–पटक प्रेस पास देखाउने गरेको सीसीटीभी फुटेजमा देखिएको छ।