विश्वभर कोरोनाबाट ५४ नेपालीको मृत्यु, दुई हजार ३२ जना संक्रमित

अन्तर्राष्ट्रिय समाज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५४ नेपालीको मृत्यु भएको छ । देशमा कोरोना संक्रमित ५७ जनामात्र रहँदा विदेशमा रहेका नेपालीहरु भने ५४ जनाको मृत्यु भएको छ । मृतकमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेका छन् । त्यस्तै अमेरिकामा १५ जनाको मृत्यु भएको छ ।

एनआरएनए ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको जानकारी दिए ।

एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ गतेसम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।

तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएका छन् । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएका छन् ।