काठमाडौं । शुक्रबारदेखि संसदमा बजेट अधिवेशन सुरु हुँदैछ । सरकारले जेठ १५ गते जसरी पनि आर्थिक वर्ष २०७७–७८ को बजेट ल्याउनै पर्छ ।
अहिलेसम्म संसद सुरु भएकै छैन । नीति तथा कार्यक्रमको छलफल कम हुनेछ । कोरोना भाइरसको संक्रमणका कारण यसमा ढिलाइ भएको हो ।
यसैबीच सांसदहरुको कोरोना परीक्षण गरिएको छ । बिहीबार संघीय संसद अन्तर्गत कुल ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको हो ।
जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, राष्टिय सभाको ३३ जना माननीय सदस्य र कर्मचारी र मर्यादापालक २२९ जना गरी जम्मा परिक्षण ४४१ जनाले परिक्षण गराए । बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारीको परिक्षण शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म आईसीसीमै स्वाब संकलन गरिने छ ।