विद्यार्थीका लागि त्रिविले पाँच लाख विद्यार्थीको इमेल आइडी बनाउँदै, सरकार भन्छ– केही जरुरी छैन

Home Feature समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत कक्षाका निम्ति सम्भाव्यता अध्ययन गराई प्रक्रिया अगाडि बढाएको बताएको छ ।

डा विनिल अर्यालको संयोजकत्वमा रहेको वैकल्पिक कक्षा सञ्चालन सम्भाव्य अध्ययन कार्यदलले सुझाएको प्रतिवेदनका आधारमा विश्वविद्यालयले झण्डै पाँच लाख विद्यार्थीको इमेल आइडी आउँदो एक साताभित्रै बनाइसक्ने बताए ।

नेविसंघले अनलाइन कक्षाका लागि सम्भाव्यतालाई चलाएको छलफलका क्रममा उपकूलपति डा धर्मकान्त बास्कोटाले उक्त जानकारी दिएका हुन् । कार्यदलका अनुसार २८ प्रतिशत इन्टर्नेट र ३ प्रतिशतसम्म रेडियो र टिभिको पहुँच अझै पुग्न सकेको छैन । डोमेनमा पाँच लाख युजरहरुका लागि माइक्रोसफ्टमार्फत् काम भइरहेको डा विनिल अर्यालले बताए ।

यसबाट विद्यार्थीको दुरुस्त तथ्याङ्क र उनीहरुको पहुँच यकिन हुने विश्वास लिइएको छ । उपकूलपति डा बास्कोटाका अनुसार ६२ वटै आंगिक क्याम्पसका पाँच सय शिक्षकलाई अनलाइन शिक्षण क्षमता विकासका लागि भर्च्युअल तालिम दिइसकिएको छ ।

तर सरकारले भने अहिले शैक्षिक क्षेत्रका कुनै पनि गतिविधि नगर्न भनेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले अहिले कुनै पनि गतिविधि नगर्न भनेका हुन् ।

अर्थात् अहिले परीक्षा या भर्ना वा कुनै पनि कक्षाको जरुरी नभएको उनको भनाइ छ । विद्यार्थीले के गरेर बस्ने ?