तात्तिए सभामुख, भन्छन् –आवश्यक परे निहीत अधिकार प्रयोग गर्छु

Home Feature राजनीति

काठमाडौं । सरकारले पटक पटक प्रतिनिधि विघटन गरी संविधान तोडेपछि सभामुख अग्निप्रसाद सापकोटा पनि तात्तिएका छन् । मंगलबार पूर्व सभामुखहरुसँग र बिहीबार कानूनविद्हरुसँग छलफल गरेपछि सापकोटाले जनताले दिएको निहीत अधिकार र संविधानले दिएको जिम्मेवारीअनुसार आफू अघि बढ्ने बताएका छन् ।

उनले जनताको हितभन्दा दायाँबायाँ गर्ने अधिकार कसैलाई नभएको भन्दै आफू पनि सोहीअनुसार चल्ने बताए । बिहीबार भएको काननविद्हरु र कानून व्यवसायीहरुसँगको परामर्श बैठकमा उनले भने, ‘आवश्यक पर्दा देश, जनता, संविधान, लोकतन्त्र र नेपाली जनताको अधिकारका लागि मैले नेपाली जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्नुपर्छ ।’

वर्तमान परिस्थितिलाई गम्भीर भएर विश्लेषण गरिरहेको सापकोटाको भनाइ छ । उनले जनप्रतिनिधिमूलक संस्थाको अवमूल्यन स्वीकार्य नभएको बताए । प्रतिनिधि सभाको दोस्रो विघटनले अदालतको आदेशको पालना नभएको उनको तर्क छ ।