यताउताका कुरा

यताउताका कुरा


दोस्रो इनिङ् ः सिपाही त थुप्रै भए, अफिसर चाहिँ खोई…– घुमन्ते



शेरबहादुर देउवा दोस्रोपल्ट नेपाली कांग्रेसको सभापति भए । त्यागी बाबुका लोभी छोरा दुईटाले गर्दा पार्टीको बागडोर सभाल्न पाए । दोतिहाईभन्दा बढी कार्यसमितिका सदस्य आफ्नै जिताए । तर हात्तीको देखाउने दाँतजस्ता बिनाकामका केन्द्रीय सदस्य धेरै भएर के गर्नु । वर्षमा एकपल्ट केन्द्रीय समितिको बैठक बस्छ, बोल्ने पालो पाउनै गाह्रो । ढोडालौरोले के गर्नु । अर्कोतिर सुनारका सयचोट लोहारको एकचोट भनेजस्ता पदाधिकारीमा आफ्ना पक्षका उत्तानो परे । टाउको गनेर के गर्नु भाउ दिन लायकका आफ्नामा कम । दिनदिनै पार्टी हाँक्ने महामन्त्री दुवै आफ्ना परेनन् । उपसभापति एउटा आफ्नो भागमा(त्यो पनि बाँदरको पुच्छर लौरो न हतियारका । जब्बरहरू अर्कैतिरका । हुँदैन बुढी छोराको बिहे तीनपाथी चामल त अक्षता चाहिन्छ रे(तीनपाथी चामलजस्ता सदस्यहरू त छन् तर पर्दा काम नलाग्ने । दोस्रो इनिङ् त्यति फलिफाप होलाजस्तो छैन । कमाण्डरहरू आफ्ना भए जति नै सिपाही भए पनि हाँक्ने क्षमता राख्दथे(तर ठिक्क उल्टो सिपाहीको भीड कमाण्डरको खडेरी । सहमहामन्त्री थुपै्र जिते तर हात र हैसियतका सहले के गर्नु ?
यसपल्टको सभापति पद फलामको च्यूरा बन्ने ढाँचा छ । आफ्ना भन्नेहरू ठूला पदमा युद्धमा मारिएका सेनापति झैं पछारिए । केही केन्द्रीय समितिका सदस्य चुनिए, केन्द्रीय कार्यालयमा गएर हैकम चलाउने उनीहरूको हैसियत हुँदैन । यसो बालुवाटारमा बैठक डाकेर सरकारी खर्चमा पार्टी चलाउन खोजेको(अबका पदाधिकारीले ढिम्कन देलान्जस्तो छैन । अरु त अरु यस्तै अवस्था रहे सभापतिको हालत पाखा परेको माछो हुन बेर छैन । प्रकाशशरण महत र प्रदीप पौडेलमध्ये एकजनालाई मात्र जिताएर ल्याउन सकेको भए अर्कोसँग सिगौरी नै खेलाउन हुन्थ्यो । अहिले त आपूmले गर्न चाहेको निर्णय ठाडै हुन्न भनिदिने हुन् कि ?। उपसभापतिमा विजय गच्छदारलाई जिताएर ल्याउन पाएको भए पदाधिकारी बैठकमा पाखुरो सुर्कने थिए(त्यो पनि भएन–२ भोट नपुगेर पाखा परे । सायद सामभन्दा दाम नै भरपर्दो भनेर बुझाएको रकम(चिन्हो लाएको कसले देख्छ र भनेर खल्तीमात्र भरेजस्तो छ । आपूmले भनेजस्तो चुनाव अगाडि भोटको विश्लेषण गरेर जित्ने पक्का देखे पनि अर्काको भर परेर कहाँ हुनु । आखिरमा देउवाका जर्नेलहरूले हावा खाए, सिवाहीको हुलमात्र जिताएर के गर्नु । अबको दिन काँडामा हिँडेजस्तो हुने हो कि ?


संसद् किन चल्न दिने ?


कम्युनिष्ट सिद्धान्तमा संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो ठानिन्छ । सत्तामा पुगेर स्वाद चाखेका कतिपय कम्युनिष्टहरू यतिखेर संसद्को विरोधमा ज्यान दिएर लागेका छन् । संसद चल्न नदिनु भनेको संसदीय व्यवस्थाको विरोध हो । जसले धर्मलाई अफिम र संसदलाई थोत्रो थलो ठानेका हुन्छन्(उनीहरूले संसद चल्न दिएनन् भनेर किन चित्त दुखाउने । धर्मलाई अफिम ठान्ने कम्रेड ओली ठोरीलाई अयोध्या बनाएर अर्कोपल्टको चुनावमा धर्मकै आडमा धेरैभन्दा धेरैलाई जिताउने आसमा छन् । भारतमा नरेन्द्र मोदीले धर्मको नाममा भोट बटुलेको देखेका ओलीले मोदीपथको अनुशरण गरे त कुन न चाहिँदो गरे । यतिखेर एमालेको एउटै लक्ष्य संसद चल्न नदिने(संसदले गर्ने काम नभएपछि त्यसको दोष सरकारको टाउकोमा हाल्ने ।
अब कुन दिन सभामुख र प्रतिपक्ष मिलेर नेपालमा संसदीय व्यवस्था अफापसिद्ध भयो भनेर नेपालबाट संसदीय व्यवस्था नै समाप्त गर्न बेर छैन । यसो नहुँदा नरहे बाँस नबजे बाँसुरी झैं न त सत्ता संघर्षको झन्झट न त सत्तापक्ष र प्रतिपक्षको दन्तबझान । सभामुखको शुरुवाती चरणको मान्यता संसदीय व्यवस्था होइन, प्रतिपक्षका नेताले त दिनदिनै जस्तो यो व्यवस्था काम लागेन भनेको । अब कस्तो राजनीतिक व्यवस्था ल्याएर देशलाई डो¥याउने हो–कसैले किटानी गर्न सकेको छैन । एक बैठक पछि अर्को बैठक ११ दिन पछिमात्र डाकिन्छ भने संसदको के काम ?। जनप्रतिनिधि पाल्ने नाउँमा केन्द्रदेखि प्रदेशसम्म सयौंलाई तलबभत्ता खुवाएर पाल्ने संसदीय व्यवस्थालाई श्रद्धाञ्जलि दिनेतर्फ लाग्ने हो कि ?। नत्र लूटको धन फुपुको सराद्धे(राष्ट्रको ढुकुटी सांसदको गोजी भराइबाहेक के नै होला र ?


एमसीसी ः निल्नु न ओकल्नु


नेपालको लागि अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन घाँटीमा अड्केको हाड भएको छ । अमेरिकाले ५० करोड डलर सहायता दिने भयो भनेर अमेरिका पुगेर त्यति बेलाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरे । उनले बाहिरी पाटो मात्र हेरे(भित्री पाटो केलाएनन् । पछि धेरैतिरबाट भित्री पाटोको विरोध हुन थाल्यो । अनि तातो दूधजस्तो बन्यो एमसीसी । एकथरी कम्युनिष्ट पत्रैमा राजनीतिको जालो बन्दै छन् । अनि यो राष्ट्रघाती सम्झौता हो भनेर ढ्वाङ् फुक्दैछन् । साँच्चै राष्ट्रघाती हो त ? हल्ला गर्न सजिलो छ(नेपाल हल्लैहल्लाको देश(हल्ला हुनुपर्छ सबै त्यसैको पछि लाग्छन् । अहिले नेपालको राजनीतिको क्षेत्रमा यस्तै हल्लाको मौका देखिएको छ । यस्तोमा गठबन्धन फुटाउन सकिन्छ कि भनेर एमाले चूपचाप छ । माओवादी र एमाले समाजवादीले समर्थन गरे भने राष्ट्रघात गरे भनेर आउँदो चुनावमा चर्को नारा बनाउन पाइने(विरोध गरे देउवाले सरकारबाट गलहत्याइदिने । दोहोरो हातमा लड्डु लिएर बसेको छ एमाले । गठबन्धनमा बसेर सत्ताको स्वाद चाख्ने(मूल पार्टीको एजेण्डा नमान्ने हो भने कसले राखिछाडोस् सरकारमा । चूपचाप बसेको एमाले एमसीसी पास गर्ने नै दाउमा थियो(सदनमा प्रस्तुत गरेन भनेर महरालाई पहराबाट खसालेको होइन भन्या ।
एकातिर नेपालका दलहरूबीच एमसीसीबारे दन्तबझान अर्कोतिर छिमेकी राष्ट्र कतै पास भइहाल्छ कि भनेर त्राहिमाम् । नेपालमा एमसीसी चर्चामा अउन नपाउँदै । वामपन्थी भन्नेहरूलाई थालखाऊ न भात खाऊ भएको छ । एमसीसीसँगै अमेरिकी सेना छिर्छ भन्ने हौवा फिँजाउनेको संख्या कम छैन । साँच्चै सेना प्रवेश गराउने अमेरिकाको इच्छा हो भने त उत्तरको मित्रको पेट पोल्नु स्वाभाविक नै हो । अनि रोटीको अर्को पाटो अमेरिका एमसीसी पास गराउन यसरी मरिहत्ते गरी किन लागेको होला । अबको तीन महिना म्याद थपेर के के न गुन लगाएजस्तो गरेको छ अमेरिकाले । साँढेको जुधाई बाच्छाको मिचाइ(दुई शक्तिराष्ट्रको घानमा नेपाल पर्ने हो कि ?। तीन महिना म्याद पाएको नेपालले एमसीसीबाट सुरक्षित हुने बाटो पहिल्याइहाल्छ कि ?। नेपालमा अमेरिका फेल भो भनेर विश्वले थपडी बजाउने हो कि भनेर अमेरिका जसरी भए पनि एमसीसी पास गराउनेमा छ(भाग खाने चूपचाप दिने चाहिँ लौले भनेर कराई रहने(भाग खानेलाई भन्दा पूरा खानेलाई हतारो जस्तो भएको छ(एमसीसी । नेपालका लागि निल्नु न ओकल्नु ।


जन्मभर अध्यक्ष


कोही कोही यस्ता भाग्यमानी जन्मन्छन्, जो जीवनमा सुख सयल र मोजमस्तीमै डुब्न पाउँछन् । धनी बाबुका छोराछोरीको कुरा छाडौं–सामान्य परिवारमा जन्मेकाहरू पनि दिन घर्किदै जाँदा ठूलै ओहदा सधैंका लागि आफ्नो पार्छन् । नेपालको मात्र होइन–विश्व राजनीतिमा पनि यस्ता भाग्यमानी निकै देखिएकै हुन् । नेहरु भनौं कि माओत्सेतुङ्ग, टिटो भनौं कि स्टालिन(जन्मभर सत्तामै टेकेर बसे । त्यसको देखासिखी नेपालमा पनि हुन लागेको छ । राजु विश्वेश्वरको ब्याज खाएका गिरिजाप्रसाद अनि गिरिजाप्रसादको अंश पाएका सुशील कोइराला जीवनको आखिरी दिनसम्म कतै सरकारको त कतै पार्टीको माथिल्लै पदमा बसेर मस्ती गरे । देखासिकी गर्न जान्नु पर्दछ–उनीहरूका उत्तराधिकारी हुन् कि नयाँ नेता हुन्(सबैजसो आफ्नो पद आर्यघाट नगएसम्म छाड्न खोज्दैनन् । हालका उदाहरणतिर आँखा लगाऊँ–
कम्रेड प्रचण्ड आजन्म माओवादीका अध्यक्ष । त्यो पदमा कसैले आँखा लगाउन खोज्यो भने उसको सत्यानास÷आउँदो महाधिवेशनले पनि कम्रेड प्रचण्डलाई अध्यक्ष चुन्छ कसैले विकल्प नसोचे हुन्छ । कम्रेड ओलीको त कुरै न गरौं । आपूmमात्र आजन्म एमालेको अध्यक्ष बन्ने होइन(खल्तीबाट नाम निकालेर बनाइएका नेताहरूसहित जन्मभरका नेता । नारायणमान विजुक्छे भन्नोस् कि चित्रबहादुर केसी(सबैको पदावधि बाँचुञ्जेलको । देउवालाई पनि रहर त जीवनभर पार्टीको सभापति वा प्रधानमन्त्री बन्ने छ तर नयाँ पुस्ताले गलहत्याउने हो कि भन्ने डर । त्यो डर ओली कम्रेडलाई छैन–नयाँ पुस्ताले उनको विरोधमा चूँसम्म गर्नै सक्दैनन् । नेता बन्नु त ओलीजस्तो(जसको अगाडि पर्दा अरु नेता लज्जावती झारझैं ओइलाउँछन् ।


अन्त्यमा
विक्रम पाण्डेलाई एमाले बनाएर प्रचण्डविरुद्ध लडाउने योजना तुहिएपछि पर्साका विमल श्रीवास्तावतिर ओलीको आँखा गएको छ ।