नपत्याए पनि

नपत्याए पनि


निर्मल निवास र मुसा !


लोकेन्द्रबहादुरको कमजोर घरलाई मुसाका दाँत र नङ्ग्राले भत्काएजस्तै निर्मल निवासको घर पनि भत्काउन पस्न खोज्दै छ, बरु मुसाको दाँत सबै झर्छन्, नङ्ग्रा भुत्लो हुन्छ निर्मल निवासमा केही हुनेवाला छैन भनी धुम्बाराहीतिर चर्चा चल्दै थियो ।

मन्त्री झाँक्री !


उनी त धेरै कुरा मिलाउन जान्दछिन् कुनै बेला ओलीको निकट देखिने अहिले ठ्याम्मै नेपालसँग मिलेर मन्त्री नै पड्काइन् यसैले ढलको ढक्कन पनि मिलाउन नजान्ने इन्जिनियरलाई किन बाँकी राख्दिन ब्यङ्ग्य कस्न भनी साइबर सेनाहरू भन्दै थिए ।


फोहोरी विद्या


फोहोरको डुंगुरमा रमाउने विद्यासुन्दरबाट छुटकारा पाउन अझै वैशाख कुर्नु पर्ने हो भने फागुनमै चुनाव गराएर फोहोरी विद्यालाई विदा दिनुपर्ने हो भनी आम चर्चा छ ।


चिसो छिँडी र ठेकेदार मन्त्री


स्थानीय, स्वास्थ्य, शिक्षाका बढी उजुरी मध्ये अख्तियारले औंल्याएका मन्त्रालयका ठेकेदार मन्त्री नेकपा.एस.कै छन्, लुट्न पाईंन्छ कि भनेर १४ मन्त्रालय पु¥याउँदै एउटै भवनमा तलै पिच्छे पसल खोलेर राखे झैं पाँच मन्त्रालय राखी चिसो छिंडीमा झण्डा गाडेर बस्ने बागमती प्रदेशका मन्त्रीका ठेकेदार मुख्यमन्त्री एस.कै छन् त्यस्ताका नाईके माधव नेपालले संसद् अवरोध र अदालतको विचाराधिन मुद्दा बारे के बोल्न हुन्छ के हुन्नको नैतिकताको पाठ हामीलाई नपढाए हुन्छ एमाले सांसद संसद् भवनमा हल्ला गर्दै थिए ।


बालकोट पछि बालुवाटार


निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया वालकोट पुगेर स्थानीय तहको निर्वाचनको मिति, चरण र शान्ति सुरक्षा, पोलिङ्ग वुथको ब्रिफिङ्ग गरी वालकोटको परामर्श लिएर वालुवाटार पुगेको नेकपा एस.का मन्त्रीहरु वालुवाटारमा हल्ला गर्दै थिए ।


एमालेको आँधी, गमलाको काउली


अबको केही दिनपछि सडक, सदन र सरकारमा एमालेको आँधी आउने त्यसपछि प्रचण्ड–माधवको गठबन्धन सरकार गमलाको काउली ढलेझैं ढल्ने र एमसीसी पारित गरी संसद् विघटन गरी मध्यावधि निर्वाचनको माहोल बन्ने देउवा–केपीका दूतहरु नयाँ वानेश्वरतिर हल्ला गर्दै थिए ।


एम.सी.सी. अनुमोदन नै किन ?


नेपालका नेताहरुको बोलिको ठेगान छ्रैन, बिहान बोलेको बेलुका बोलेको छैन भन्छन् । २०६२।०६३ सालमा तत्कालिन राजासँग राजसंस्था र हिन्दुराज्य रहने गरी नेताहरुसँगको मौखिक÷लिखित सहमति पछि राजाले दरवार छोडेका हुन् । त्यसैगरी एमसीसीको अनुदानमात्र लिने शर्त बिर्से भने के गर्ने ? त्यसैले संसद्बाट नै अनुमोदन खोजेको हो नेपालबारे जानकार राख्ने अमेरिकन पत्रिकाका सम्पादकले आफ्नो पत्रिकामा लेखेको समाचार नारदले चाल पायो ।