कांग्रेस र कम्युनिष्टहरुको समेत सहमतिमा स्थापति हुने राजसंस्था हाम्रो परिकल्पना हो –राजेन्द्र लिङ्देन – अध्यक्ष, राप्रपा

अन्तर्वार्ता


महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनु भएको छ । तपाईँलाई कार्यकर्ता, महाधिवेशन प्रतिनिधिले जिताएका हुन कि निर्मल निवासले ? किनभने पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले हस्तक्षेप गर्दा पराजित भएको टिप्पणी गरिरहनुु भएको छ ।
यो कुरालाई म धेरै प्रतिक्रिया व्यक्त गर्दिन । हामी केही दिनमै अरु साथीहरुसँग बसेर आफ्नो धारणा बनाउँछौ । तर उहाँले जे गरिरहनु भएको त्यो सबै अनपेक्षित हो । उहाँजस्तो व्यक्तिबाट यस्तो खाले प्रतिक्रिया आशा गरेका थिएनौँ । मलाई लाग्छ समयक्रममा यो सबै ठिक भएर जान्छ ।
तपाई निर्वाचित भइसकेपछि बसेको पार्टीको केन्द्रीय समितिको बैठकहरुपनि बहिस्कार गर्दै आउनु भएको छ । पूर्वराजाको नाङ्गो हस्तक्षेप भयो भन्दै हुनुहुन्छ । छानबिन गर्नुहुन्छ ?
पहिलो कुरा त बैठक उहाँले बहिस्कार गर्नु भएको हैन । मैले बहिस्कार गरेपनि भन्नु भएको छैन । तर उहाँ आउनु भएको छैन अहिले आउनु अनिवार्य पनि छैन । बरिष्ठ नेताको हिसाबले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बेलामा उहाँहरु सबैको सहभागिता खोज्छौँ र आवश्यक पनि रहन्छ । अहिले त्यस्तो महत्वपूर्ण निर्णय लिनुपर्ने अवस्थान छैन । मलाई लाग्छ समयक्रममा उहाँ आउनुहुने नै छ ।
अब जहाँसम्म हस्तक्षेप र छानबिनको कुरा आइरहेको छ । त्यसप्रकारको अभिव्यक्तिले आममहाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु जो देशभरिबाट सहभागी हुनुभयो र नयाँ नेतृत्वको चयन गर्नुभयो । उहाँहरुमाथिको अपमान हो । त्यस प्रकारको अभिव्यक्तिले कसैलाई फाइदा गर्दैन । उहाँलाई त झनै फाइदा गर्दैन ।
तर उहाँले तथ्य, प्रमाण सबैथोक रहेको र रातारात निर्मल निवासले राजेन्द्र लिङदेन जिताउन भूमिका खेलेको भन्दैहुनुहुन्छ । उहाँ यसरीनै अगाडि बढ्नु भयो भने के गर्नुहुन्छ ?
राप्रपा त अगाडि बढ्छ । राप्रपालाई अगाडि बढ्न र अब देशको अग्रणी शक्ति बन्न राप्रपालाई कसैले र कुनैपनि घटनाले रोक्न सक्दैन । त्यसमा कुनैपनि द्विविधा छैन, कुनैपनि अलमल छैन । मलाई लाग्छ अब उहाँको यो क्रम रोकिन्छ होला !
उहाँबिनाको राप्रपा त गाह्रो होला नि ?
हरेक व्यक्ति व्यक्तिको महत्व छ । त्यसमाथि उहाँको अझ धेरै महत्व रहेको छ। तर मैले भने राप्रपाको गति यो महाधिवेशनबाट धेरै बढेको छ । त्यसलाई अब कसैले रोक्न सक्दैन ।
महाधिवेशन पछाडि कमल थापासँग कुनै संवाद भएको छ कि छैन, बैठकमा आउन जानकारी गराउनु भयो त ?
जानकारी हामीले गराउने गरेका छौँ । एक–दुइ दिन आराम गर्ने र त्यस पछाडि संवाद गर्ने भन्ने कुराहरु भएको छ । कुरा पनि हुन्छ । उहाँले आफैंले फोन गरेर मलाई बधाई पनि दिनु भएको छ। संवादहीनताको अवस्था भने हैन ।
लामो समयसम्म कमल थापालाई साथ दिनुभयो । पटक–पटक राप्रपा विभाजन हुँदापनि उहाँकै साथमा रहनु भयो । तर पछिल्लो समयमा आएर कुन बिन्दुमा पार्टी नेतृत्वमा कमल थापाको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभयो ?
हामीले उम्मेदवारी घोषणा गर्दे गर्दा यो विद्रोहपनि र कसै विरुद्ध पनि हैन भन्दै आएका छौँ । अहिलेपनि म के भन्छु भने हामी संयोगले कमल थापासँग निर्वाचनमा प्रतिस्पर्धा गर्यौं । तर उहाँको विरुद्ध हामी उठेको हैन। राप्रपा विगत केही वर्षदेखि जुन कार्यशैलीबाट चल्यो, त्यसले राप्रपालाई माथि उठाउने भन्दापनि झन कमजोर बनाउने काम ग¥यो । राप्रपाको ३१ वर्षको इतिहासमा सबैभन्दा कमजोर अवस्थामा रहेको छ । राप्रपा एकातर्फ राष्ट्रिय पार्टीपनि बन्न नसक्ने र नसकेको अवस्थामा रहेको छ। एक सिटमा सीमित रहने, अर्को तर्फ २०६३–०६३ परिवर्तनपछि हामीले लिएको राजनीतिक विचार र मुद्दा जनताको माझ लोकप्रिय बन्दै गएको छ ।
तर कहाँ त्रुटी भयो, कहाँ कमजोरी भयो । यही स्थिति र यही कार्यशैलीबाट राप्रपालाई अगाडि लैजानका लागि सकिँदैन । बिगतका कमिकमजोरी र त्रुटीहरुलाई सच्चाएर जनताको अगाडि एउटा विश्वसनीय पार्टीको रुपमा अगाडि लानुपर्छ र राप्रपा बाहिर रहेका समान बिचार राख्ने हाम्रा सबै शुभेच्छुकहरुलाई राप्रपामा आउने बाटो खुल्ला गर्नुपर्छ । त्यसको लागि राप्रपाको एकता महाधिवेशनले विशेष निर्णय गर्नुपर्छ । त्यो क्रममा नेतृत्व परिर्वतन पहिलो कदम र प्रस्थान बिन्दु हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका हौँ । हामीले उम्मेदवारी दियौँ र हामी नयाँ नेतृत्वको पक्षमा उभिएका हौँ ।
पूर्वराजाको हस्तक्षेप नभएको भनेर खण्डन गरिसक्नु भयो तर यहाँहरुको पार्टी भनेको राजसंस्था र हिन्दुराज्यको एजेण्डा बोकेको पार्टी हो । हस्तक्षेपनै नभएपनि राजाको कुनै चासो र सक्रियता त थियो होला नि ?
यो महाधिवेशनमा स्वभाविक रुपले राजाको शुभेच्छ्या थियो होला। राप्रपा राम्रो बनोस् बलियो बनोस् भन्ने थियो होला । तर त्यस प्रकारको हस्तक्षेप नेतृत्वमा यही हुनुपर्छ भन्ने कुरा हामीले अनुभव गरेनौँ र अपेक्षापनि राखेनौँ । हामी स्वमं अबको राजसंस्था सबैको साझा संस्थाको रुपमा बन्नुपर्दछ । कांग्रेस, कम्युनिष्टहरुकोसमेत सहमतिमा स्थापति हुने राजसंस्था हाम्रो परिकल्पना हो। त्यसकारण राजाले मेरोलागि दल खोलिदेउ भनेर अथवा हामी आफूलाई परिचालित गर्न दल खोलेको हैन । त्यसकारण हाम्रो दैनिक गतिविधिमा राजसंस्थाको कुनैपनि भूमिका रहेको छैन ।
महाधिवेशनभन्दा अगाडि राजासँग कुनै संवाद अथवा भेटघाट भएको थियो ?
मैले धेरै पटक सार्वजनिक कार्यक्रममा पनि भन्दै आएको छु । महाधिवेशनभन्दा अगाडि सामूहिक रुपमा अहिले निर्वाचित हुनुभएको धवल शमशेर राणाजी र मैले भेट गर्यौं अब हामीले नेतृत्व परिवर्तनको दिशा तिर पार्टीलाई लैजानुपर्छ र त्यसकोलागि हामी तयार हुनुपर्छ भनेर म अध्यक्ष र धवलजी महामन्त्रीको उम्मेदवारी दिन्छौँ भनेका थियौ त्यो भेट भनेको यस्तै सामान्य भेटघाट र कुराकानीमात्र गरेका थियौं । तर अरु कुनै भेटघाट हुने कुराकानी भइराख्ने र कसलाई जिताउने कसलाई हराउने भन्नेकुरा राजासँग भएकोपनि छैन । र त्यहाँबाट कुनै निर्देशनपनि छैन र रहँदैन पनि ।
गत महिना नेपाली कांग्रेसको महाधिवेशनमा नेताहरुलाई अब जनताले चोरको मनोविज्ञान बनाउन थालेका छन्,भनेर भाषण गर्नुभयो । उक्त भाषणपछि तपाईंको अभिव्यक्तिलाई केन्द्रविन्दु बनाइयो । चोर किन भन्नुभयो ?
त्यहाँ धेरै शिर्ष नेताले मलाई नै भनेको भन्ने लागेर उत्तेजित पनि भए । मेरो हकमा भर्खरै आफ्नो पार्टीको महाधिवेशन सम्पन्न भएको महाधिवेशन प्रतिनिधिहरु तीब्र रुपमा घर फर्कर्ने कार्यक्रम चलिरहेको थियो । म आफ्नो कुरा राखेर हिँडिहाले तरपछि मैले रकर्ड हेर्दा उहाँहरु असाध्यै उत्तेजित भएको देखेँ । तर अहिले धरातलीय यथार्थ भनेको जनताले नेतालाई अहिले राम्रो दृष्टिकोणले हेर्दैनन् । मलै त्यहाँ भनेको कुरा नै दाहोर्याउँछु । अहिले अदालत अदालतजस्तो छैन । सरकार सरकारजस्तो छैन । संसद संसदजस्तो छैन । राजनीति लिगबाट बाहिर गएको अवस्था छ । अब अदालतलाई, सरकारलाई, संसदलाई ठिक ठाउँमा ल्याउने राजनीतिले हो । राजनीतिनै लिगबाट बाहिर गएको छ । राजनीतिलाई ठिक ल्याउने भनेको नेताले नै हो । तर नेताका प्रति जनताको धारणा गाउँमा गयो भने को नेता आएछ भन्दापनि कुन चोर आएछ भन्ने कुरा यथार्थ हो । वास्तवमा मैले उहाँहरुलाई भनेको हैन । म स्वमंलाई राखेर भनेको हो । हामी सबै चोरहरु भन्ने गरेको छ । त्यसकारण सबैभन्दा पहिले नेताले आफ्नो छवि सुधार्नु प¥यो । हामीले आफूलाई सुधार्नु प¥यो । र मैले त्यहीँ त्यो कुरा किन भनेको हो भने,वास्तवमा त्यो मञ्चमा बसेको त्यती नेतामात्र सुध्रिने हो भने,यो देशलाई सुध्रिन र सुधार्न कसैले रोक्दैन । त्यसैले त्यहाँ रहेका बहालवाला प्रधानमन्त्री पूर्वप्रधानमन्त्रीको चेत पलाई हाल्छ कि, आत्मबोध भइहाल्छ कि भनेर त्यो कुरा राखेको हो । तर हामीलाईनै भनेको हो भनेर आक्रोश पोख्नु भएछ । त्यसैले म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । किनकि उहाँहरुले आक्रोश नपोख्नु भएको भएको भए यो कुराले चर्चा नै पाउने थिएन । र अहिले देशभर नै ठिक भनिस् भन्नेको संख्या धेरै भएको छ ।
यो कुरा भन्दै गर्दा माहोल हेरेर भन्नुभएको थियो कि भन्छु नै भनेर पूर्व योजना थियो ?
त्यस्तो केही हैन। मैले अरुको कार्यक्रममा मुलतः शुभकामना दिने हो । तर एउटा शुभकामनासँगै थोरै समयभित्रै एउटा संदेश पनि दिनुप¥यो भनेर भनेको हो । कुनै दलको आलोचना, कुनै नेताको आलोचना गर्नुभन्दापनि राष्ट्रिय राजनीति र परिस्थितिको बारेमा संदेश मुलक केही कुरा गरौँ भनेर भनेको हो ।