इण्डिया र चाइनाले बनाएको सरकारको इज्जत गर्दिनँ ः बालेन साह

Home Feature


काठमाडौं । काठमाडौं महानगर– पालिकाका मेयर बालेन साहले आक्रोशित हुँदै एकपछि अर्को स्टाटस पोष्ट गरेका छन् । मेयर साहले आफनो व्यक्तिगत फेसबुक अकाउन्टबाट भारत र चीनले बनाएको सरकारको इज्जत नगर्ने बताएका छन् ।
उनले नेपाल कहिले स्वाधिन हुने भन्दै प्रश्न समेत गरेका छन् । आफनो अस्तित्व कहिले बनाउने भन्दै लाज
लाग्दैन भन्दै संघीय सरकारलाई प्रश्न गरेका छन् । उनले फेसबुकमा लेखेका छन्,‘ चीन र भारतले बनाएको सरकारको इज्तत गर्दिन म नेपाल स्वाधिन कहिले हुने? आफनो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’
मेयर साहले देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए । उनको फेसबुक पेजबाट यो स्टाटस आएपछि अधिकांशले सरकारमा बसेका व्यक्तिले त्यस्तो आलोचना गर्न नहुने भन्दै सुझाएका थिए । उनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने भन्दै अर्को स्टाटस लेखेका थिए ।उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’