‘सत्ताको लोभमा सधैं राष्ट्रियताका मुद्दाहरु छोड्ने कुरा आपत्तिजनक’

Home Feature

काठमाडौं । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले गठबन्धन र सरकारको नाममा सधैंभरी राष्ट्रिय मुद्दाहरुलाई छाडने कुरा अत्यन्तै आपत्तिजनक भएको बताएका छन् । माओवादी अध्यक्ष प्रचण्डकै भाषामा माओवादीकै डिजाइनमा प्रतिनिधिसभाबाट पारित नागरिकता बिधेयकप्रति गम्भीर असहमति जनाउँदै श्रेष्ठले सरकारका लागि देशबिरुद्ध घात गर्दैजान नसकिने बताएका हुन् ।
‘नागरिकता जस्तो संवेदनशील बिषय सकभर राष्ट्रिय सहमतिको आधारमा निर्णय होस् भन्ने मनसायले तत्काल प्रतिनिधिसभामा प्रक्रियामा लगिएको थिएन । यो ऐन निर्माणमा ढिला भएको कारणबाट छिटो प्रक्रिया अघि बढाउन पर्ने स्थिति नै थियो । त्यसका निम्ति सरकारले या त संसदभित्र सहमति कायम गरेर त्यसको आधारमा अघि बढाउनु पथ्¥यो या सम्बन्धित समितिले २ बर्ष लगाएर पठाएको प्रतिवेदन नै छलफल एवं निर्णय प्रक्रियामा लैजानु पर्दथ्यो । त्यसो नगरी सरकारले बहुमतको निर्णय सहित पठाईएको प्रतिवेदन तथा बिधेयकलाई फिर्ता लिएर अल्पमतको बिचार लागु गर्नेगरी कानुनी ब्यबस्था गर्न नयाँ बिधेयक अघि बढायो । अन्तर्वस्तुको कोणबाट अहिलेको प्रावधान उपयुक्त छैन भन्ने समितिको निषकर्षको पक्षमा भएको राष्ट्रिय बहश त छदैछ , लोकतान्त्रिक एवं संसदीय मुल्य तथा परिपाटीको कोणबाट पनि यो कार्य नितान्त गलत छ,’ बिधेयकबारे आफ्नो धारणा राख्दै श्रेष्ठले भनेका छन् ।
श्रेष्ठले सरकार र गठबन्धनका लििाग प्रचण्डले माओवादी पार्टीलाई नै समाप्त पार्ने बिन्दुमा पु¥याएको तथ्य पनि खोलेका छन् । श्रेष्ठको भनाई छ, के हामी गठबन्धनको नाममा ‘सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त ?’