काठमाडौं । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।
यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।
सङ्घले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।
अब के हुने हो ?
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेका चर्चा भइरहेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा शून्य सहनशीलता भने पनि झनै भ्रष्टाचार मौलाएको विश्लेषण ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल लगायतका भ्रष्टाचार विरुद्धको अभियानमा लागेका संस्थाहरुले प्रतिवदेन सार्वजनिक गरेका छन् ।
यो सरकारले पाएको पैसा कता सदुपयोग गर्ला भन्ने प्रश्न खड्किएको छ । त्यतिमात्र हैन युरोपियन युनियनसंग यो सरकारको साँठगाँठ बढी नै छ ।
युरोपियन युनियनले २०७२ को गोर्खा भूकम्पमा सघाउने बेलामा त राहत दिने बहानामा बाइबलका किताब हालेर पठाएका थिए । क्रिष्टियानिटी धर्म फैलाएका थिए ।
कतै यो रकममा पनि नेपाल सरकारले त्यो सुविधा दिएर सहयोग स्वीकार गरेको त हैन ?