आफै धरापमा बसेर सुरक्षाकर्मीको पहरा

समाचार

कैलाली । जब आफै धरापमा बसेर सुरक्षाकर्मीले काम गर्छ तब उसले कसरी सुरक्षा देला । तर त्यो वाध्यता सुरक्षाकर्मीलाई छ ।

कैलालीको कैलारी गाउँपालिका–३ खोनपुर खुला सीमा क्षेत्रमा बाँसको ट्रेन्च बनाएर सुरक्षाकर्मीले पहरा दिँदै आएको छ ।

लकडाउन अवधिमा खुला सीमामा आवतजावत रोक्न १०२ किलोमिटर सील गरेर सुरक्षाकर्मीले सुरक्षा दिँदै आएको छ ।

तर हुल बाँधेर कोही सीमाबाट आयो भने यसरी त कसरी होला र खै !