सडकमा आफ्ना कार्यकर्ताहरुलाई आफ्नै खल्तीबाट पैसा दिएर ‘मुर्दावाद’को नाराले समाजलाई प्रदूषित पार्दै सदनमा लुसुक्क सामान्य बहानाबाजी अघि सारेर जसरी एमसीसी पास गरियो, त्यसले नेपालका राष्ट्रवादी भनिएका र आपूmलाई सच्चा नेपाली ठान्ने ‘नेताहरु’को अनुहार नेपाली जनताहरुले राम्ररी बुझेका मात्रै छैनन्, आगामी चुनावमा यस्ता भनिएका नेताहरुलाई कसरी ठेगान लगाउने त्यसको पनि हिसाब किताब गरिसकेका छन् । सदनमा मौन स्वीकृति र सडकमा विरोध गरेका द्वैत चरित्रका नेताहरुलाई पन्छाउने सुनौलो अवसर नेपालीहरुको सामु चाँडै नै आउँदैछ ।
कुनै पनि योजना, परियोजना एउटा देशले अर्को देशलाई दिँदा कुनै न कुनै स्वार्थ लुकेकै हुन्छ, लिनेको धेरै स्वार्थ हुन्छ भने दिनेको पनि सानातिना स्वार्थ हुन सक्दछ । तर लिनेले दिनेको स्वार्थले आफ्नो देशप्रति आफ्ना जनताप्रति इमान्दारिता साथ राष्ट्रको अखण्डताप्रति कुनै पनि आँच नआउने गरेर त्यस्ता सहयोग लिन पछि पर्न हुँदैन । २०१७ सालदेखि २०२८ सालको करिब दश वर्षभित्र राजा महेन्द्रले राष्ट्र उत्थानको लागि जे जति विदेशी सहयोग ल्याए, त्यही मार्गदर्शन ठानेर पछिका सरकारहरुले विदेशी सहयोग भित्र्याइएका भए अहिले नेपाल कहाँबाट कहाँ पुग्थ्यो होला, त्यसबखत नेपालले छिमेकी राष्ट्र भारत र चीन मात्रै होइन, अमेरिका, बेलायत, जापान, जर्मनी, इजरायलदेखि पाकिस्तानसँग समेत सहयोग लिएर बाटाघाटादेखि लिएर सयौंको संख्यामा उद्योगधन्धा खोलिएका थिए, त्यसबखतको संरचना २०४६ सालपछि उदारीकरणको नाममा गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे जति कौडीको भाउमा बेचिए पनि अझै नेपाली समाजमा त्यस्ता संरचनाको सम्झना यद्यपि छँदैछ । अहिले एमसीसी परियोजना आएपछि कसैले पनि दीपावली मनाउनु पर्ने देखिँदैन न त सडक तात्नु नै पर्ने देखिन्छ ।
कुनै पनि विदेशी सहयोग लिन पनि कुशल नेतृत्वको खाँचो हुन्छ र त्यसलाई सदुपयोग गर्न पनि कुशल नेतृत्वको आवश्यकता पर्दछ तर दुर्भाग्य दुवै कुरामा अहिलेको नेतृत्वबाट सम्भव देखिँदैन । विभिन्न पार्टीको नेतृत् वगर्ने युवाहरुको हातमा पनि कलमकपिको सट्टा इँटा, रड र आगो लिनेहरुकै बाहुल्यता देखिएपछि नेपालको भविष्य पनि त्यति राम्रो देखिँदैन । यस्तै अवस्था भइरहे सुन्दर, शान्त विशाल नेपालको आगामी दुई तीन दशकमै के होला । अहिलेदेखि नै इँटा, रड र आगो लिनेको सट्टा कलमकपि बोक्नेहरु अष्टम कक्षा उत्तीर्णहरुको सट्टा कम्तिमा ग्र्याजुएट गरेका र सत्तरी वर्ष नाघेका भन्दा पचास वर्ष नपुगेकाहरुको काँधमा मुलुक पुगेदेखि नेपालको इज्जत अन्तर्राष्ट्रिय जगतमा बेग्लै हुने यिथो, पशुपतिनाथको कृपा कहिले हुने हो !