सके यही गठबन्धनकै पार्टीको बहुमतबाट र नसके झिनामसिना पार्टीलाई फकाएर भए पनि आफ्नो कुर्सी सुरक्षित राख्ने देउवाको प्रयासमा भ्वाङ पर्न थालेको छ । अध्यादेशको भरमा आफ्नै गाउँघरतिरका रेशम चौधरीलाई छुटाएर समर्थन लिने देउवाको प्रयासमा नेपाली कांग्रेसकै ठूला–साना नेताहरूले अल्झो हाल्न थाले । यस्तो अध्यादेश ल्याउन पाइँदैन भनेर डा. शेखर कोइरालादेखि प्रदीप पौडेलले विरोध जनाए । बाजेहरू भनेपछि टेढो आँखाले समेत देख्न नसक्ने देउवाकाजीको कदमलाई गगनकाजीले पनि विरोध जनाए । त्यसो त दाउ र भाउ आ–आफ्नै हुन्छ–इतरपक्षका नेताहरूले देउवालाई मौकामा पछार्नु पर्छ भन्ने गहिरो दाउ बनाएका हुन् कि देउवाले बोलाएर यो यो पद दिन्छु अध्यादेशले गठबन्धनको अवस्था टालो सानो–अगाडि छोपे पछाडि देखिने, पछाडि छोपे अगाडिको भाग देखिने भएको छ । आफ्ना भन्नेहरूले चर्को स्वर झिकेर अध्यादेशको पक्षमा बोल्न सकेका छैनन् ।
डाँडामाथिका जुन जस्ता बनिसकेका देउवाबाट अर्कोपल्टको चुनावमा टिकट नपाइने देखेपछि फुत्त फुत्केर थापा–कोइराला गुटमा पुग्ने महामन्त्रीको पद हत्याए झैं अर्कोपल्ट सभापति नै भए भने टिकटको बण्डल उनका हातमा पुग्ने छ अनि देउवाको वफादारी गर्ने यिनै नहुन् भनेर छानीछानी फाल्न के बेर ? त्यसैले एकथरि डराएर यता बसौं कि उता जाउँ गर्न थालेका छन् । अहिले अध्यादेशरूपी टालो न ल्याएको भए हुने, यसले शरीरका गोप्य अंग एकैपल्ट ढाक्न नसक्ने भयो । हाल आपूmसँग रहेका ५५ सांसद मध्ये १७ जना मात्र प्वाल परेको जहाजबाट मुसा भागेझैं अर्कोतिर लागे भने डुंगा डुब्ने पक्का । अनि हिसाब ज्योँका त्योँ कुनबाट डुबाथ्यो बन्न बेर छैन ।
म पनि राष्ट्रपति
एकताका कम्रेड प्रचण्ड भित्ते राष्ट्रपतिको रूपमा खुबै चर्चामा थिए । आपूm हुन सकेनन् भलै–गिरिजालाई राष्ट्रपति बन्नबाट रोकेकै हुन् । यसपल्ट फागुनमा पुग्दा नपुग्दै राष्ट्रपति पद खाली हुने भएपछि त्यो पदमा पुग्न जमजमाउनेहरू झण्डै दर्जन पुग्न लागेका छन् । नपाउनेले अंगुर खट्टा छ भनेर फर्के झैं सक्रिय राजनीति गर्नु नपाइने पदमा को जाओस् भनेर आफ्नो तर्क दरिलो बनाउन के बेर ? कसैकसैले माधव नेपाललाई भनेछन्–अबको पालि राष्ट्रपति बन्ने कि ? उनको जवाफ थियो–अहिले नै राष्ट्रपति भएर सक्रिय राजनीति नगर्ने र ?। कस्तो गर्नु राजनीति–३ लाख भोट नपुगेर राष्ट्रिय पार्टी बनाउन सकेनन् । उनकै पार्टीका झलनाथ खनाल राष्ट्रपति पद पाइन्छ कि भनेर आँ गरेर बसेका छन्–तर उनको भागमा पर्दैन ।
कम्रेड प्रचण्डको शक्ति लाग्यो भने अग्नि सापकोटाको तालुमा आलु फल्छ । त्यसबाट तलमाथि भयो भने कृष्णबहादुर महरासम्म आइपुग्न सक्छ । कांग्रेसको भागमा परे कृष्ण सिटौला र गोपालमानको नाम आएमा अनौठो मान्नु पर्दैन । त्यसो त उमेरले नेटो काटिसकेका बाबुराम भट्टराईलाई अघि सार्न सकिन्छ । सत्ता गठबन्धनमा दरिलो किलो ठोक्नु प¥यो भने प्रचण्ड प्रधानमन्त्री, गगन कांग्रेस संसदीय दलको नेता अनि देउवा राष्ट्रपति हुन नसक्ने के छ र ?। धेरैको दौड चलेको छ भावी राष्ट्रपतिको पद पाउन । राजनीति कुन कोल्टे फेर्छ भन्न सकिँदैन । अरू जेसुकै भए पनि एमालेको भागमा ठूला पद पक्कै नपर्ने भयो ।
अलपत्र चोलेन्द्र
मुमाको लालना मिल्थ्यो दुलही ती नयाँ थिइन् बुबा पनि हुनुहुन्थ्यो कठै ती दिन गैगए भन्ने कविता अहिले त्रिशंकु प्रधानन्यायाधीश चोलेन्द्रका लागि पूरै लागू भएको छ । उमेर पुग्यो, जागिर रहेन । पेन्सनपट्टा र आउने रकम कुरा किनारा नलागेकोले हात पर्ने कुरा भएन । आउँदो प्रतिनिधिसभालाई पर्खनु प¥यो–कुनै किनारा लगाइहाल्छ कि भनेर । यता न उता मूलाबारी भित्ता–बिना निर्णय घर बस्नु पर्ने भयो । पदमा रहँदा सबैको हाईहाई समय पुगेपछि सबैबाट वाईवाई । पदमा रहँदा ‘प्रभु’ भनेर खुट्टै ढोगौंला जस्तो गर्नेहरू अहिले देखे पनि मुन्टो बटार्न थाले–सोझै भेट भए झुकेर नमस्ने गर्नुपर्ला भनेर । त्यसो त एकल महिलालाई कसैले दर्शन गरेँ भन्यो भने तँ पनि मैजस्तै भएस् भनेर सराप्छन् रे । अनि राणा साहेबले पनि केको लोलोपोतो परेको भनेर उल्टै झाप्न बेर लाग्दैन । भन्छन्–ओरालो लागेकोलाई ओर्लन लाग्नु भयो भन्नु हुँदैन रे–हजूर त उकालो लाग्दै भन्नु पर्ने ।
लोभले लाभ, लाभले विलाप–अनि महत्वाकांक्षा, अति नै सम्पत्ति जोड्ने अभिलाषा । न कमाएको कहाँ हो र ?। नेपालमा देखिन्छ भनेर छिमेकी बैंकमा सुरक्षित । एकपाटो सम्पत्ति जोड्ने अर्को पाटो राजनीतिमा खेल खेल्ने । नेताहरूलाई हप्कीदप्की गरे सालो साहेबलाई मन्त्री बनाएकै हो । तर फलिफाप हुनुको साटो अभिशाप भैदियो । आपूmलाई अलिकति पनि कसैले कोट्यायो र घाउ लाग्यो भने उसको सत्यानास नगरेसम्म पछि हट्ने होइन । अलपत्र पारेर राख्ने र किनारा लाग्न नपाउँदै घर पठाउने सत्ताबन्धनको उद्देश्य पूरा भैहाल्यो । अब प्रस्ताव प्रस्तुत गरेर दोतिहाई पु¥याउन नसके पनि सर्वोच्चमा फर्कने होइनन्, माधव, प्रचण्ड कसकसलाई जेल पठाएर बाहिर खुच्चिङ् गर्न खोजेको–कहाँबाट कुरा खुस्केर आफैंमाथि प्रहार भयो । आपूm ताक्छ मुडो बञ्चरो ताक्छ घुँडो उखान चरितार्थ भएर बेइज्जती साथ घर जानुपर्ने भयो । एक दिनमात्र भए पनि सर्वोच्च जाने, प्रधानन्यायाधीशको सीटमा बस्ने रहरमा असिना प¥यो है ।
म समानुपातिक
संसद्मा कस्तो सदस्य ठूलो ? कसैले प्रश्न ग¥यो । जवाफ आयो समानुपातिक । किन ? किन भने आफ्नो शक्ति त छ छ त्यसमा समानुपातिकमा नाम राखिदिने नेताको समेत शक्ति जोडिएको हुन्छ । कुनै नेताले प्रेमिकालाई मनोनयन गरेको हुन्छ । त्यस्तोमा आपूmलाई हेला गरेको रहन सक्छ–प्रेमिकालाई केही भन्यो भने पाखुरा सुर्केर झगडामा उत्रिन्छ । कयौं युद्ध प्रेमिकाको नाममा भएका छन्, त्यसैले सबभन्दा ठूलो वा नजिकको भन्यो भने प्रेमिका भनिन्छ । खोतल्दै जाने हो भने समानुपातिकमा कतिपय नेताका प्रेमिका परेका छन् । त्यसपछि आउँछ श्रीमतीको पालो । आपूm तलमाथि परे पनि श्रीमतीलाई सांसद बनाएपछि भविष्यको चिन्ता गर्नु पर्दैन । आपूm चुनाव लड्न डराएका नेताले श्रीमतीलाई समानुपातिकमा छिराएका छन् । अनि पालो आउँछ सालोको । हिन्दीमा उखान छ–सारी दुनियाँ एकतरफ जोरूका भाइ एकतरफ । अनि सालोलाई ठाउँमा नपु¥याए कसरी घरमा बस्ने । त्यसैले सालोलाई भित्र्याउन नेताहरू नै माथापश्चिसी गर्दछन् । यसपल्ट पनि कतिपय नेताले समानुपातिकमा सालाहरूको प्रभाव परेकै छ । भन्छन्–राजनीतिमा “स्यालको बुद्धिदायक” अर्थात सालाको सल्लाहमा चल्नु पर्दछ । हाम्रा प्रधानमन्त्री सालाको सल्लाहमा चल्ने भए पनि सांसद बनाएनन्, बनाएनन् होइन कि बनाउन भ्याएनन् । श्रीमतीलाई समावेश गरेपछि सालो परेनन्, चित्त बुझाउनु प¥यो । कसैका भान्जाभान्जी परे कसैका मावली । यस्तै हो जसको हातमा जगन्नाथ ।
अन्त्यमा–
गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कि भन्ने चर्चा चलेपछि घुमन्तेलाई पनि दर्खास्त दिन रहर जागेको छ ।