भारत र अमेरिकाको पराजय, चिनियाँ डिजाइन सफल !

Home Feature

ओली–प्रचण्ड मिलनले पासा पल्टियो


काठमाडौं । अबको सरकार खिचडी बन्दैछ । त्यो पनि निकै कष्टपूर्वक । कुनै पनि दलले बहुमत नपाएको र सीमित दुई दलमात्र मिलेर सरकार नबन्ने अवस्था बन्दै गर्दा अबको सरकार खिचडी नै बन्नेछ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनका नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले पहिलो कार्यकालको प्रधानमन्त्री लिने र प्रचण्डलाई दोस्रो कार्यकाल दिने बताएसँगै बिच्किएका प्रचण्ड जब बालुवाटरबाट निस्केर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट गए तब सरकार बन्ने भनिएको सत्ता गठबन्धनको खेल सकियो ।
नयाँ खेल शुरु भयो । त्यसमा एमालेको इन्ट्री भयो । एमालेका नेताहरुसँग प्रचण्डले यसअघि पटक पटक वार्ता गरेका भए पनि गठबन्धन तोडेर मात्र आउन आह्वान गरेका थिए । नभन्दै प्रधानमन्त्री पाउने भएपछि प्रचण्ड देउवालाई छाडेर ओलीको शरणमा गए । एकाएक आइतबार मध्यान्हपछि बालुवाटार सुनसान भयो । बालकोट चम्कियो । राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र रास्वपासमेतले साथ दिएपछि आरामदायी बहुमतसहित प्रचण्ड नेतृत्वको सरकार बन्ने भएको छ । प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, सिके राउतको जनमत पार्टीका ६ तथा नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसदको साथ रहने बताइएको छ ।
सत्ताधारी गठबन्धनमा को पहिले प्रधानमन्त्री बन्ने भन्ने हानथापले प्रक्रिया अगाडि बन्न नसकेको कारण एमालेले अवसर पाएको हो । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिले आफू प्रधानमन्त्री हुने भनिरहे । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू पहिले प्रधानमन्त्री हुने भन्नेमा रहे । आखिर उनको प्रधानमन्त्री बन्ने ढिटले मुलुक फेरि नयाँ गठबन्धनतिर अग्रसर भयो ।
प्रचण्डलाई कुनै पनि हालतमा पहिलो कार्यकाल प्रधानमन्त्री बन्नु छ । प्रधानमन्त्री नपाए उनी गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेरै पनि प्रधानमन्त्री बन्न खोजिरहेका थिए । दोस्रो ठूलो दल एमालेले पनि अहिलेको गठबन्धन तोड्न हर
प्रयत्न गरिरहेको थियो । ओलीले माओवादीसँग मिलेर सरकारमा जाने कुनै योजना नरहेको बताइरहे पनि भित्रभित्र भने उनी नै प्रचण्डलाई प्रधानमन्त्री दिएर भए पनि गठबन्धन तोड्न खोजिरहेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने कुनै पनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा रहे । प्रचण्डको लहलहैमा लागेर उनले ओलीसँग पंगा लिएर पार्टी फुटाए । अहिले आएर भने उनले पनि धोका पाए । प्रचण्डले माधवलाई नै जानकारीसमेत नदिई ओलीलाई भेट्न गए ।
काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले भनेका छन् – यो ब्यापार हो कि खेल ? नभन्दै यो ब्यापार र खेल दुवै भयो । नेपाली राजनीति कहीँ पनि भरोसाको भएन । भारत र अमेरिकाले यो चाहेको थिएन । चीनले चाहेको थियो । चीनको खेल लामो थियो । आखिर चीनले नै बाजी मारेको देखियो ।