कम्रेड प्रचण्डः नयाँ नयाँ दाउ बढाउन भाउ…

यताउताका कुरा

एकताका राप्रपाको हातमा सत्ताको साँचो थियो । कांग्रेस र कम्युनिष्ट जसलाई समर्थन जनाउथ्यो, उसैको सरकार बन्थ्यो । त्यही ठाउँमा अहिले माओवादी केन्द्र पुगेको छ । कांग्रेसलाई काँध हालेकैले देउवा काजी प्रधानमन्त्री बन्न पुगे । त्यसो त जालो बुन्ने काम कम्रेड माधवले गरेका हुन् तर उनको मात्र तागतले न आपूm प्रधानमन्त्री बन्न सक्ने न त उनको तागतले भ्याउने । तेस्रो दलको फाइदा माओवादीले राम्रै उठाएको हो । अहिले पनि तेलपेल कि धतुरो पेल–ले ममेरो तेलको अवस्थामा छन् कम्रेड प्रचण्ड । एकथरि कांग्रेसलाई प्रचण्डको चुरीफुरीले दोख भएको छ । किन यत्रो मानसम्मान भनेर उनीहरू घुर्की देखाउँछन्–असन्तुष्ठी लेखाउँछन् तर भ्यागुतो जति उफ्रे पनि कान्लामुनिको कान्लामुनि भनेझैं देउवालाई गलाउन सक्दैनन् । शेखर कोइराला कहिलेकाहीं चुरीफुरी गर्छन्, चुनावको बेला मोरङमा मात्र बसेर पनि भोटको मात्रा खुम्च्याउँछन्, अनि देउवाले उसको पार्टी हैसियत खुम्च्याउँछन् । तर यतिखेर घुर्की र धम्की जे गरेर भए पनि भाग लिनमा प्रचण्ड कम्रेड नै अगाडि छन् ।
प्रतिनिधिसभाको चुनाव आउन लाग्यो । सोझो औंलाले घ्यू झिक्न सकिन्न भनी बुझेका प्रचण्ड कम्रेडले कांग्रेसलाई इमानदार न भएको र नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा ठूलो भाग खोजेको भनेर दाउ फालिहाले । कांग्रेस इमानदार नभएको भए र एमालेले अन्तरघात नगरेको भए भरतपुर जित्ने कुरा माओवादीको मात्र बुताले भ्याउने होइन । प्रतिनिधिसभाको चुनावमा बढी सीट लिएर चुनाव जित्न र वामपन्थी भोट बढी भएको ठाउँमा कम्युनिष्ट एस्लाई हप्काएर त्यो ठाउँ आफ्नो भागमा पार्न अहिलेदेखि नै हितकडम गर्न थालेका छन् । प्रचण्ड कम्रेडलाई थाहा छ–आउँदो चुनावमा पनि माओवादीको अवस्था पहिलो वा दोस्रो हुने होइन, ठाउँ त तेस्रो नै हो । त्यसका लागि बढी सीटमा माओवादी उम्मेदवार उठाउन पाउनु पर्छ । धम्क्याएर, घुक्र्याएर, फकाएर जसरी भए पनि प्रतिनिधिसभामा तेस्रो दल बन्नु छ त्यसले सरकार बनाउन खोज्ने पार्टीले कम्रेड प्रचण्डलाई त्वम् शरणम् नगरी सुख छैन, त्यसै भएर आफ्नो भाउ बढाउन कम्रेडले नयाँ नयाँ दाउ फ्यालेका छन् कतिसम्म लाग्छ उनको निशाना– आउँदो मंसिरमा देखिएला ।

यादवको लाठी यादवकै टाउको

जसपाका अध्यक्ष उपेन्द्र यादवले शत्रु खोज्न टाढा जानु पर्दैन, आफ्नै दाजुभाइ हुन्छन् भन्ने उक्तिलाई साकार पार्दै तीन यादवलाई मन्त्री पदबाट गलहत्याए । ती यादव उनकै आफन्त हुन् भने कुनै घाटा पु¥याएका थिएनन् । त्यसमध्ये रेणु यादवको निकै नजिककी मानिन्थिन् । खोलो त¥यो लौरो बिस्र्योलाई ठ्याक्कै लागू गरे उपेन्द्र यादवले । तीन यादव गलहत्यार थप दुईजना मात्र यादव राखेर एउटा अर्कैलाई मन्त्री बनाएका छन् अध्यक्षले । राजेन्द्र श्रेष्ठ मन्त्री पदबाट हटेनन्, उनलाई हटाए अर्कै अर्थ लाग्छ भनेर पार्टी अध्यक्षले बठ्याइ गरेका छन् । बाठो न भएकाले कसरी पार्टी चलाउन सक्छ र ?। एकपल्ट एकजनालाई र अर्कोपल्ट अर्कोजनालाई मन्त्री बनायो–आफ्नो पद जोगायो आनन्द । यति हतार किन गरेको होला–मन्त्री बदल्न । फलाम तातेको बेलामा घन हान्नुपर्छ भन्ने बुझेर नै अर्का पक्षकालाई मन्त्री बनाएर आफ्नो पक्षमा राख्ने लक्ष्य पूरा भएको छ जनता समाजवादी पार्टीमा ।
यतिखेर मन्त्री नबदले दुई जना बाबुराम भट्टराईलाई टिकाउन लाग्ने देखेर उताका दुईजना यता ल्याएर अब आफ्नो पक्षमा ल्याउन सफलता पाएकोमा उपेन्द्र यादवको नाक घिरौंला जत्तिकै फुलेको छ । असारको आखिरमा आफ्नो पक्षमा पार्टी केन्द्रीय समिति बहुमतमा प्रयास गरेको डा. भट्टराई उनका पक्षका लागि मन्त्री बनाएर हिस्स बुढी हरियो दाँत बनेका छन् । विचरा अब कसको शरणमा गएर आफ्नो राजनीति जोगाउने हुन् हेर्न बाँकी नै छ । त्यसो त माओवादी केन्द्रमा लुसुक्क छिर्न सक्छन् । ३÷३ पल्ट प्रचण्ड कम्रेडसँग भेटेर के भने बाहिर आएको छैन तर नयाँ पार्टी खोलेर आपूm अध्यक्ष बन्ने, माओवादी केन्द्रमा मिल्न जाँदा पार्टी एकीकरणमा अध्यक्षको हैसियत देखाएर दोस्रो तह, अर्थात सहअध्यक्ष बन्ने दाउ निकाल्ने हो कि ? अन्त्यमा उपेन्द्र यादव विजयी ।

काम तमाम

माओवादी केन्द्रलाई के केन्द्रीय राजनीतिमा पहिलो नभए दोस्रो हुने लोभ राम्रै पलाएको छ । संस्कृतमा एउटा उक्ति छ हामी त बुढा भयौं तर तृष्णा अर्थात लोभ अझै बुढो भएको छैन । नेपालको राजनीतिमा धेरै नेता बुढा भैसके तर उनीहरूको सत्तामोह ययाती राजालाई तरुनो हुने लोभ जत्तिकै सताएको छ, त्यसैमा पर्नुभयो कम्रेड प्रचण्ड । उहाँलाई फेरि एकपल्ट प्रधानमन्त्री बन्ने रहर पलाएको छ, त्यसको लागि पार्टीले प्रतिनिधिसभामा निकै सिट जित्नु जरुरी छ–सीट जित्न यतिखेर फलामको च्यूरा चपाउनुभन्दा गाह्रो छ । स्थानीय तहको चुनावमा उम्मेदवार बन्नेहरूबाट उठाएको रकम त छ, तर त्यो खर्चको हिसाबमा हात्तीको मुखमा जीरा भनेजस्तै अपुग भयो । अनि पैसा कमाउने भाँडो भनेको अर्थ मन्त्रालय । त्यहाँ लगेर आफ्नो विश्वासिलो मान्छे राखे कमाउन सजिलो । अनि अर्को कमाइ हुने मन्त्रालय कांग्रेसलाई र राम्रै कमाइ हुने अर्थमन्त्रालय माओवादीलाई दिने गरी कालेकाले मिलेर खाउँ भाले गराएको हो । तर यतिखेर अर्थमन्त्री यति बदनाम भए–उनलाई पन्छाउनुपर्ने बाध्यतामा पुगेका छन् प्रचण्ड कम्रेड ।
अर्थमन्त्री शिखण्डी मात्र न हुन् पछाडि बसेर तीर मार्ने कम्रेड प्रचण्ड । यतिखेर नक्कली विशेषज्ञ राखेर करको दर हेरफेर गराएको दोष खेपेका जनार्दन शर्मा माथि मन्त्रालयमा राखेर सीसी क्यामेराको फुटेज मेटेको र प्रमाण नै नष्ट गरेको आरोप लागेको छ । अर्थ मन्त्रालयले कमिशनको लोभमा सस्तो सीसी क्यामेरा किनेको थियो होला–१३ दिनमै सबै मेटियो । कामग कराउँदै गर्छ पिना सुक्द गर्छ भनेझैं जसले जे भने पनि अर्थमन्त्तीको कानमा बतास पसेको थिएन । तर बाध्य भए कम्रेड अर्थमन्त्री पदबाट राजीनामा दिन । उनको टाउकोमा जाँचबुझ समितिको तरबार झुण्डिएको छ, त्यो तरबार पन्छिने हो कि टाउकोमा बजारिने हो–केही दिनपछि थाहा होला ।

बाबुरामको बिचल्ली

वीरगञ्जमा बैठक डाकेर उपेन्द्र यादवले अब हाम्रा जति यता आउ भनेर फकाए, यता बाबुरामले मलाई साथ दिने हो भने काठमाडौंमा जम्मा हुनु भनेर निम्ता दिए । तर मिटिङ एकै समयमा बोलाएर दुवैले आफ्नो प्रभुत्व पार्टीमा कति छ भनेर देखाउने दाउ गरे । तर आफ्ना पक्षकालाई मन्त्रीपदको भाग दिएर उपेनद्रले आफ्नो पक्षमा पारिसके । पदकै लागि राजनीति गरेको हो–रित्तो हात लिएर किन कसैको पछि लाग्ने । लाग्दछ–केन्द्रीय समितिको बैठकमा धेरै त वीरगञ्जतिर नै लाग्दछन्–अनि उपेन्द्र भाले भैहाल्छन् । विचँ प्रुै त् ब्ँब्ूरुँम् श्र म्ँऋँैव्द्यीमै अडेर बसेको भए प्रचण्ड कम्रेड पछिको पद उनकैको हुने थिए । रिस खा आपूm बुद्धि खा अर्को भनेझैं बेलाबेलामा झडङ्ग रिसाउने बानीले बाबुरामलाई ओल्लो घाट न पल्लो तीर बनाइदियो । अल्पमत प्रमाणित भैसकेपछि के गर्लान् बाबुराम ।
त्यसो त ढिलै भए पनि आफ्नो पुरानो घरमा फर्कने भित्री दाउमा छन् तर फर्केको घरमा कत्तिको इज्जत पाइन्छ–ठूलो सवाल यहाँ छेउ उठेको छ । तीनपल्ट कुराकानी गरेर प्रचण्डको मन कति पगाले–तर अझै पनि पूरापूर विश्वास दिलाउन सकेका छैनन् । साँच्चै पुरानो घरमा फर्कंदा उनको हैसियत कहाँ पुग्ने हो–वर्षमान पुनदेखि नारायणकाजी श्रेष्ठले कत्तिको इज्जत र मान दिन्छन्–निकै जटिल छ माओवादीमा बाबुराम प्रवेश पछिको अवस्था । विचरा–विचल्लीमा परेका छन्, उद्धार गर्ने कसले ।


अन्त्यमा–
छ महिनासम्म पनि माओवादीमा पदाधिकारी छान्न नसक्ने अध्यक्ष प्रचण्डले अर्को महाधिवेशनमा पूरा गर्लान् ।