चीनसँगको विवादलाई उचाल्ने काम कहाँबाट भइराखेको हो सबैलाई थाहा छ

अन्तर्वार्ता


टंक कार्की, चीनका लागि नेपाली पूर्वराजदूत


नेपाल दुई ठूला देश भारत र चीन बीचमा रहेको एक सार्वभौम सत्ता सम्पन्न मुलुक हो । वर्तमान नेपाल भन्दा पहिले ठूलो भू–भाग भएपनि सुगौली सन्धी पश्चात नेपालको गुमाउनु परको थियो । अहिलेपनि भारतबाट नेपालको भू–भाग बारम्बार अतिक्रमण हुने कुरा तथ्यहरुले पुष्टि गरेका छन् । तर पनि भारत त्यो कुरा सजिलै स्वीकार्ने पक्षमा देखिँदैन । यता चीनलेपनि बेला बेलामा भू–भाग अतिक्रमण ग¥यो भन्ने कुराहरु आउँछन्, तर त्यसलाई कसैले हो र कसैले होइन भन्छन् । पछिल्लो समय चीनले हुम्लामा अतिक्रमण गर्यो भन्ने कुराहरु त्यहाँका सांसदले नै बताएपछि सत्यतथ्य बुझ्न एउटा समिति नै गठन भएको छ । के नेपाली भूभाग मिचिएकै हो त ? समाधानका उपायहरु के के छन् ? ४ वर्ष चीनमा नेपाली राजदूतको भूमिका निर्वाह गरेका पूर्व राजदूत तथा बामपन्थी नेता टंक कार्कीसँग गरेको कुराकानीको मुख्य अंश ः
तपाईँ चीनको राजदूत रहँदा चीनले नेपाललाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
सिमाना जोडिएका दुई ठूला देशहरु मध्ये एउटा चीन हो । जोसँग हाम्रो सामाजिक, राजनीतिक, ऐतिहासिक, सांस्कृतिक ज्यादै पुराना र घनिष्ट रहेको छ । चीनसँगको हाम्रो सम्बन्ध भनेको हिजो आजको मात्र हैन । हाम्रो सन्धीले नेपाल–चीन सम्बन्ध निर्माण गर्न सन् १९५५ मा दौत्य सम्बन्ध कायम ग¥यौं । त्यो सम्बन्ध नविकरणमात्र थियो । तर हाम्रो सम्बन्ध सातौँ सताब्दीदेखि रहेको थियो । खास गरेर भृकुटीको श्रङचङ गम्बोसँग विवाह भएपछि चीनसँग हाम्रो प्रत्यक्ष सम्बन्ध गाँसिएको थियो । यद्यपी जनस्थरको कुराकानीलाई हेर्ने हो भने पाँचौ सताब्दीको आसपास ताका दुबै देशका नागरिकहरु हाम्रो तर्फबाट बुद्धभद्र र चीनको तर्फबाट फासयन र सोयान्जाङ यी दुईजना हाम्रो मुलुकमा बसेर एकअर्कालाई जान्ने सुन्ने,बुझ्ने काम उति बेलै भएका हुन् । त्यहाँबाट विकशीत भएको हाम्रो सम्बन्ध हो ।
त्यसकारण पहिले र अहिलेलाई चीनसँगको प्रगाढ सम्बन्ध बनाउने एउटा खास कारण भनेको बुद्ध धर्म हो।बुद्ध धर्मको चीनमा जब विकाश र बिस्तार भयो । त्यो बिकाश र बिस्तार सँग सँगै बुद्ध धर्मको स्रोत या बुद्ध आफै नेपालमा जन्मिएका हुन् भन्ने सूचनाले हामीलाई ज्यादै नजिक बनाएको छ । त्यसमाथि पनि भृकुटीको बिवहा भएपछि हामी झनै घनिष्ट भएका छौँ । त्यसको राजनीतिक, समाजिक, सांकृतिक अर्थहरुको पनि गति दिएको थियो । अर्को एउटा पक्ष के छ भने खास गरेर जनस्थरमा नेपालप्रति धेरै ठूलो सद्धभाव छ । म एउटा उदाहरण दिन्छु–सियानमा एउटा बौद्ध सम्मेलन थियो । जसमा म आफैंपनि सहभागी थिएँ । सम्मेलन सकेर तल ओर्लिँदै गर्दा स्थानीय चिनियाँ जनताहरु हामीलाई छुनलाई एकदमै आतुर थिए । हामीलाई छुनमात्र पाउँदा पनि उनीहरु बुद्धलाई छोएजस्तो महशुस गर्थे । त्यस कारण जनस्तर मै यो खाले सद्भाव देखिएकाले सद्धावपूर्ण भावना रहेको मैले महशुस गरेको छु ।
चीनले कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टिकोण र पूँजीवादी राष्ट्रलाई हेर्ने दृश्टिकोणमा केही फरक पाउनु भयो ? अथवा राजदूत कै हिसाबमा पनि बामपन्थी पृष्ठभूमि बोकेको राजदूत र अर्को फरक दृष्टिकोणबाट जाने राजदूतमा पनि केही भिन्नता हुन्छ ?
बैदेशिक कुटनीतिको कुरा गर्ने हो भने चीनमात्र हैन सभ्य मुलुकहरु आइडोलोजीको चस्माले मात्र हेर्दैनन् । त्यसकारण आइडोलोजिकल चस्माले हेर्न थालियो भने ती सम्बन्धहरु राम्रा हुँदैनन् । त्यसकारण यस मामिलामा चिनियाँहरु प्रष्ट छन् । म अन्य मुलुकका राजदूतहरुसँग कयौँ ठाउँहरु डुलेको छु । त्यहाँ म एउटा बामपन्थ पृष्ठभूमि भएकोले विशेष नजिक र अरु देशका टाठा भन्ने कुराको महशुस भएन ।
हुम्लामा देखिएको सीमा विवादमा त्यहाँको एकजना सांसदले चर्को रुपमा उठाउनु भयो । पछि तत्कालीन उपप्रधानमन्त्री बिमलेन्द्र निधिलेपनि चर्को रुपमा उठाएपछि एउटा समिति गठन भएको थियो यो विवादको बारेमा यहाँलाई केही जानकारी छ ?
अघिल्लो केपी ओली सरकारले चीनसँग सिमा विवाद छैन भनेर प्रष्ट भनेको छ । तर नयाँ सरकारले त्यो सीमा विवाद बुझ्नको लागि एउटा कार्यदल गठन गरिरहेको छ । अलिकति पृष्ठभूमि हेर्न के जरुरी छ भने नेपालमा भारतसँगको सीमा विवादमा कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयमा हाम्रो संसदले नै चर्को रुपमा एकमत भएर हाम्रो भूमी हो भनेर त्यस्को निर्णय गरिसकेको छ । त्यसको जवाफ भारतले लिएको छैन र टारेको टारेकै छ । त्यतिमात्र हैन भारतसँग जोडिएको ७५ ठाउँहरुमा हाम्रो सीमा विवाद जोडिएका छन् ।
विवाद समाधानको लागि दुबै देशले समिति बनाएको छ तर त्यसमा खासै प्रगति भएको छैन । त्यसकारण चीनसँग त्यो खाले समस्या छ भने अघिल्लो सरकार एउटा कुरा गर्ने अहिलेको सरकार अर्को कुरा गर्ने यो कहाँबाट आइरहेको छ ?
केही दिन अगाडिमात्रै खास गरि यो चीनसँगको विवादलाई उचाल्ने काम कहाँबाट भइराखेको छ भने जयसिंह धामीको तुइन चुडाएर जसरी हत्या गरियो, त्यसको बारेमा भारतले यथार्थ जवाफ दिनुको साटोमा कुराहरु लुकाइराखेको अवस्था छ । अनि त्यो मुद्धालाई फितलो बनाउन हुम्लाको कुरा निकालिएको जस्तो मलाई लाग्छ ।
सीमा जस्तो संवेदनशील विषयमा यसरी निर्णय गर्नु उचित विषय होइन । अघिल्लो सरकारले चीनसँग सीमा विवाद छैन भनेर टुंग्याएको विषयमा फेरि हठात् यो विषयलाई उचालेर समिति बनाउँदा दुई देशबीचको सम्बन्धका विषयमा पनि विचार पु¥याउनुपर्ने हुन्छ ।
लिपुलेक, लिम्पियाधुरा, कालापानीको कुरा आएसँगै त्यहाँ भारतले सिधै चीनसँग जोड्नको लागि एउटा सडक निर्माण ग¥यो । त्यो सडक निर्माण गर्दा नेपालसँग कुनै अनुमति मागिएन यस्तो बिषयमा नेपालको भूभाग हुँदै आएको विषयमा चीनले चाहिँ किन मौन बस्यो यसबारेमा यहाँको बुझाई के छ ?
यो मामिलामा कालापानी हुँदै चीनसँग प्रत्यक्ष खास गरेर मानसरोबर तिरबाटो जोड्ने बिषयमा एउटा सम्झौता भयो । त्यो सम्झौता भएपछि हाम्रो भू–भागबारे नेपालले असहमतिको पत्रपनि पठायो । पठाइसकेपछि चिनियाँ पक्षले के भन्यो भने तपाईँहरु आफ्ना प्रमाणहरु ऐतिहासिक दस्ताबेजहरु छन् भने ती पेश गर्नुस्। त्यसको आधारमा हामी फिर्ता दिन तयार छौँ,भनेर चिनियाँहरुले जवाफ दिएका छन् । चीनले प्रमाण पु¥याउनु भनिरहँदा नेपालले सँगसँगै भारतलाई पनि एउटा पत्र लेखेको छ तर त्यो विवाद अहिलेसम्म जारी छ । त्यसकारण सिमानाका विषयमा सरकारले अपरिपक्व निर्णय गर्नु उचित हुँदैन ।
यसरी नेपालको बाटो हुँदै सडक मानसरोबरसम्म लाने जुन तयारी गरियो यसमा नेपालको भू–भाग हुँदै किन सडक ल्याइयो भनेर भन्न सक्थ्यो होला नि ?
त्यो चाहिँ उनीहरुको मामिला हो । पहिले उनीहरुले हामीसँग भएको प्रमाणहरु पेश गरेर दावी गर्न सक्छौँ । हैन भने हामी अन्र्तराष्ट्रियकरण गर्नपनि सक्छौँ । हामीसँग प्रयाप्त प्रमाणहरु छन् खाली कुरा के हो भने,आफ्ना दुबै छिमेकीहरुसँगको सुमधुर सम्बन्धको कारणले हामीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण नगरेको मात्र हो ।
तर त्यो भूभाग हाम्रो हो भन्ने प्रयाप्त प्रमाणहरु छन् । नदी तर्ने तिग्रा कमाउने हाम्रा नेतृत्वका कारणमात्र यो समस्या भएको हो। नत्र उक्त भूभाग हामी आफ्नो बनाउन सक्छौँ । यदि हामीसँग ऐतिहासिक तथ्य र प्रमाण भएको भए आफ्नो भूमि फिर्ता ल्याउन पहल नगर्नु पर्ने कारण छैन ।