पानीमा डुब्ने भो काठमाडौं !

समाचार

काठमाण्डौ । पानी पर्न थाले पछि काठमाडौंको अवस्था नाजुक हुन्छ । थोरै थोरै पानी परिरह्यो भने त खासै त्यति असर परेको देखिँदैन । जब दर्के पानी काठमाडौंमा बर्सिन्छ, त्यस पछि काठमाडौंका कति ठाउँले दहको रुप लिन्छ भन्न सकिँदैन । एकताका मैतिदेवी चोकमा पानी जमेर पौडी पोखरीजस्तै हुन्थ्यो । त्यसमा कुनै परिवर्तन आएको देखिँदैन ।
जमलमा पनि पानीले ताल बनाउँछ । कतैबाट पानी निस्कने ठाउँ नभएको हो कि ? त्यहाँ त झन् सजिलो छ, रानीपोखरीमा पानी पठाउने व्यवस्था गरिदिने हो भने त्यस क्षेत्रमा
बर्साको पानीले बाटोमा पोखरी बनाउँथेन । यदि सडकको पानी फोहोर लाग्छ भने त्यसलाई वरिपरि जम्मा गरेर रिफाइन गरेर पठाउन सकिँदैन र ? आखिर रानीपोखरीमा कोही नुहाउन पनि जाँदैनन्, कसैले त्यहाँको पानी खाँदैनन् पनि ।
कहिलेकाहीँ कपन तिरको ढलले पनि बेहाल गराएको देखिन्छ । कपनमा जमेको पानी घरघरमा पसेको मात्रै होइन कि त्यसले मोटरसाइकल नै बगाएको पनि धेरैले देखेका हुन् । त्यसले देखाउँछ कपनमा पनि पानीको राम्रो निकासको व्यवस्था गरिएको छैन । जबकी त्यो ठाउँलाई राम्रो आवासीय क्षेत्र मानिएको छ । धेरै ठूलाबडाको बसोबास त्यस क्षेत्रमा रहेको छ । कुनै महानगरपालिका भित्र पर्ने र कुनै बुढानिलकण्ठ नगर–पालिकाभित्र पर्ने कपनको त्यस्तो अवस्थालाई त्यहिँका मानिसले खासै वास्ता गरेको भने देखिँदैन । यसरी आफैले ध्यान नदिने हो भने त हरेक वर्ष बर्खामा पानी जमिरहन्छ । ताल भइरहन्छ । कपन मात्रै होइन कहिले काहीँ धोविखोलाले अनामनगर क्षेत्रलाई पनि चपेटामा लिएको छ । केही वर्ष अघि हनुमन्ते खोलाको बाढीले सिंगो ठिमीलाई असर पारेको कसैले बिर्सिएका छैनन् होलान् । तर लाग्छ बिर्सि सकेका छन् । नभए खोला मिचेर घर बनाउने काम झन तेजीसँग कसरी बढ्दै जान्थ्यो र । यतातिर महानगरपालिकाले विशेष ध्यान पु¥याएदेखि काठमाडौं अलिकति राजधानीजस्तो हुन्थ्यो कि ?