कोरोना कहरको अर्को लहर !

समाचार

नेपालका अधिकांश नागरिकले कोरोना भ्याक्सीन लगाइसकेका छन् । धेरैले त बुस्टर डोज पनि लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकले पनि अधिकांश नेपालीले कोरोनाविरुद्धको खोप लगाइ–सकेको उल्लेख गर्दै आएको छ । यति हुँदाहुँदै पनि पछिल्ला दिनहरुमा कोरोनाका बिरामी बढिरहेको पाइएको छ । दिनको दुई चार बिरामी मात्रै फेला परिरहेकोमा हालका दिनमा एक सय बिरामीमा कोरोनाको संक्रमण देखिएको समाचारहरुमा आइरहेको छ । पछिल्ला दिनहरुमा भारतमा पनि कोरोना कहरको अर्को लहर फैलिँदो रुपमा रहेको देखिएको छ । नेपालमा खुला बोर्डर भएका कारण पनि पूर्ण भ्याक्सीनेटेड भएर पनि कोरोनाले
आम नागरिकलाई दुःख दिनसक्ने आकलन गरिँदै आइएको छ । नेपालीको बानी नै छ, कुनै पनि कुरालाई बेवास्ता गर्ने । अलिकति मात्रै पनि वास्ता गर्ने बानी भएको भए सायद आज जुनरुपमा कोरोना बढिरहेको छ, त्यो रुपमा बढ्ने थिएन होला । तर मानिसलाई मतलब छैन । सडकमा तपाईंले देख्न मात्रै होइन, गन्न पनि सक्नु हुन्छ, मास्क लगाएर हिँडनेहरुको संख्या । थोरै मात्र भेटिन्छन् मास्क लगाएर हिँड्नेहरु । मास्क नलगाएर हिँड्नुलाई उनीहरु गौरव मान्दछन् । मास्क लगाएर के हुन्छ । बुस्टर डोज पनि लिइसकिएको छ भन्ने तिनको तर्क हुन्छ ।
तर रोग लागेपछि त्यो तर्कले काम गर्छ र ? रोग लागे पछि त बिरामीलाई अस्पताल पु¥याउनु पर्छ । तिनको उपचारमा समय र पैसा खर्च हुन्छ । तर त्यसतर्फ कसैले वास्ता गरेको पाइँदैन । खासगरी भिडभाडमा पनि मास्क नलगाउनेहरु धेरै देखिन थालेका छन् । उमेर भएका मात्रै होइन पाको उमेरका मानिसहरु पनि बिनामास्क नै देखिन्छन् । बुस्टर डोजको घमण्ड बूढाहरुमा पनि देखिँदै आएको छ । अचम्म !
न्यूरोडको भिडमा होस् वा असनमा । मलहरुमा होस् वा बसहरुमा । अधिकांशले मास्क लगाएको देखिँदैन । मास्क किन नलगाउनु भएको भनेर कसैले तिनलाई प्रश्न गर्न सक्दैन । तर मास्कलाई अनिवार्य गर्नुपर्ने आवश्यकता देखिएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले चासो लिनु जरुरी देखिन्छ । यसका लागि ट्राफिकलाई पनि जिम्मा दिन सकिन्छ । हरेक बसमा खलासीले बिना मास्क पस्न नदिने गरी कडाई गर्ने हो भने त्यसले फाइदा आम नागरिकलाई नै पु¥याउँछ । तर ध्यान दिने भनेको आम मानिसले नै हो । तपाईं हामी आफैले यतातिर सोच्ने होइन र ? बजार हिँडदा यसो मास्क लगाइदिने हो भने नोक्सानी त केही हुँदैन । नभए त दिनदिनै बढ्दै जानेछ कोरोना । जसको पीडा तपाईं हाम्रै भागमा पर्ने त हो ।