मुक्तिनाथ विकास बैंकको कथा–व्यथा

अर्थ

काठमाडौं । इजाजत प्राप्त विकास बैंकहरूको खासै चर्चा देखिएको छैन, यसको कारण नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभाग पनि निक्कै कमजोर भएको अथवा विकास बैंकहरूबाट प्रभाव प्रलोभनमा परेकोले पनि चर्चामा नआएको हुन सक्दछ ।
मुक्तिनाथ विकास बैंक जुन विकास बैंक बजारमा निक्कै राम्रो मानिन्छ तर नाका हेरेर राम्रो मान्नु तत्काललाई राम्रै होला, यो बैंकले लगानी गरेको लगानी अशी प्रतिशत जोखिममा छ, जोखिममा बहनुको कारण सुरक्षण बिना गाउँगाउँमा गएर सानो सानो रकम प्रवाह गरिनु अर्थात यसले लघुवित्त र सहकारीको जस्तो काम गरिरहेको छ, यसले त्यस्तो लगानी प्रायः गण्डकी अञ्चलका स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, कास्की, लमजुङ, पर्वत यी जिल्लाहरूमा लगानी गरेको छ र यस बैंकमा कार्यरत कर्मचारीहरू पनि प्रायः यिनै जिल्लाका छन्, यस बैंकका हालका अध्यक्ष भरत ढकाल स्याङ्जाका हुन् ।
ढकाल बैंकको संस्थापनकालदेखि नै प्रमुख कार्यकारी अधिकृत हुँदै कार्यकारी अध्यक्षसम्म भए तर राष्ट्र बैंकको निर्देशनले कार्यकारी छोड्नु परेपछि आपूm सञ्चालक समितिको अध्यक्ष मात्रै भएर मेघा बैंकको कम्पनी सचिव पोखरेललाई ल्याएर सिइओ बनाएका छन् । मुक्तिनाथ ग्रुप भनेपछि चटकेहरूबाट सञ्चालित बैंक भनिने गरिन्छ ।
मुक्तिनाथ सबै हिन्दुहरूको आस्थाको नामबाट मुक्तिनाथ ग्रुप, मुक्तिनाथ सहकारी, मुक्तिनाथ कृषि कम्पनी, मुक्तिनाथ विकास बैंक लगायत हालसालै मुक्तिनाथ कृषि कम्पनीको शतप्रतिशत लगानीमा सहायक कम्पनी ८ वटा एकैसाथ खडा गरिएको छ । यो देख्ने र सुन्ने मान्छेहरू यो मुलुकमा चटकेहरूले आर्थिक क्षेत्रमा कसरी प्रभाव जमाउने छन् र सर्वसाधारणलाई झुक्याउने र लुट्ने काम गर्छन् भन्ने कुरा बैंकका गतिविधिहरू जान्नेहरू उदाहरण दिँदै बताउँदछन् । यस्तो कम्पनीलाई कसरी धितोपत्र बोर्डले साधारण शेयर निष्काशन गर्ने अनुमति दिन्छ, हेर्न
बाँकी नै छ तर अहिले यो ग्रुपले आपूm अन्तर्गत सञ्चालन गरेका प्रोजेक्ट मध्ये मुक्तिनाथ विकास बैंकको राष्ट्र बैंकले सही तरिकाले सुपरिवेक्षण ग¥यो भने यसको बोर्ड, यसको व्यवस्थापन, यसको ऋण लगानी, यसको डिपोजिट र यसले पुरानो लोन फाइललाई नयाँ लोन फाइलमा परिवर्तन गर्ने अनि मुनाफा देखाएर लगानीकर्तालाई बाँडेर सबैलाई खुशी पारी मनोपोली ढङ्गले सञ्चालन गर्दैछ । कुन दिन कसरी डिपोजिटहरू डिपोजिट अप्ठेरोमा पर्ने हो, त्यसबाट राष्ट्र बैंक समयमै चनाखो हुनु पर्दछ ।