चेपाङ समुदायलाई ज्योति लाइफको सहयोग

अर्थ

काठमाडौं । आफुले गरेको खेतीबाट उत्पादित खाद्यान्नले मुश्किलसंग ४ महिना धान्ने र बाँकी समय ज्याला मजदुरी गरी छाक टार्ने धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ समुदायलाई लकडाउनले उत्पन्न गरेको खाद्यान्न अभावलाई मध्यनजर गर्दै ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले गजुरी गाउँपालिकाले स्थापना गरेको फुड बैंकसँगको सहकार्यमा राहतवितरण कार्य गरेको छ ।

सीमित उब्जनी भएका चेपाङ समुदाय पहिले पहिले जंगली कन्दमुल, गिठ्ठाभ्याकुर, सिस्नु खाएर पेट भर्ने गर्थे भने अहिले ज्याला मजदुरी गरेर छाक टार्ने गरेको र हालको लकडाउनले ज्याला मजदुरी कार्य गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिनाइ भएकाहरुको लागि गजुरी गाउँपालिकाले खाद्यान्न वितरण गर्नको लागि फुड बैक संचालन गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी गराए ।

उक्त फुड बैंकको प्रत्यक्ष सहकार्यमा ज्योति लाईफ इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले समुदायको परिवार संख्या विचार गरी चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेका थिए ।

हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस कम्पनीले रु.७ लाख ५० हजार रकम सहयोग गरेको थियो । यस कठीन समस्यामा रहेका जनसमुदायलाई कम्पनीले गरेको सानो सहयोगबाट केही राहत मिल्ने विश्वास लिएकोे कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले बताए ।