नेपालमा कोरोना भाइरसबाट एक जनाको मृत्यु, संक्रमितको संख्या २८१, सरकार अझै गम्भीर भएन

काठमाडौं । नेपालमा पनि कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । विश्वभर कोरोनाले ३ लाख १० हजार मानिसको ज्यान लिँदा नेपालमा एक जनाको ज्यान लिएको हो । गत बिहीबार राति सिन्धुपाल्चोककी महिलाको मृत्यु कोरोना भाइरसबाटै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। धुलिखेल अस्पतालमा उपचाररत २९ वर्षीया सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको […]

Read more

सिंहदरबार बाहिर चिनियाँहरुले प्रहरीको लाठी खोसी हिर्काए, लकडाउन तोडे, निषेधित क्षेत्रमा उफ्रिए, ओली सरकार चुप

काठमाडौं । चिनियाँहरुले निषेधित क्षेत्र तोडेका छन् । त्यतिमात्र हैन लकडाउनमा तीन दर्जन चिनियाँ सिंहदरबार आएर नाराबाजी गरे । प्रहरीमाथि आक्रमण गरे । नेपाल प्रहरीले निषेधित क्षेत्र तोडेको जनाउँदै शुक्रबार वाध्य भएर ती चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । लकडाउनमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गरेपछि तिनलाई पक्राउ गरिएको सिंहदरबार प्रहरी वृत्तका प्रहरी निरीक्षक […]

Read more

हिन्दुधर्मबारे प्रस्ताव

राप्रपाले केही दिनभित्र सदनमा ‘हिन्दुुधर्म’ सम्बन्धी प्रस्ताव दर्ता गर्ने भएको छ । कांग्रेसका महासचिव डा. शशाङ्क कोइरालादेखि प्रभावशाली नेता डा. शेखर कोइराला लगायत धेरैले समर्थन गर्ने भएका छन् तर पूर्वसभामुख सुवास नेवाङ्ग लगायत युरोपियनहरूको डलर खानेहरूलाई भने निक्कै अप्ठेरो पर्ने चर्चा छ ।

Read more

दरबारका ती पूर्वसचिवको कुरा सुन्दा !

दरबारले नै पढाइगुनाइ गरेर, दरबारमा सचिव पदसम्म पुगेकाले केही साता अघि चाबहिलको पत्रिका पसलमा केही बुद्धिजीवीहरूबीच भन्दै थिए । हाम्रा राजा पनि अहंकारी र घमण्डी त हुन् तर उनलाई बिगार्नेहरूमा धेरै हात त्यही नेप्टे र खत्रीको छ । त्यहाँ जम्मा हुनेहरूमा नेप्टे भन्ने त चिने सबैले तर खत्री भने को रहेछ भनी सोधपुछ गर्दै थिए […]

Read more

राप्रपा नेपालका होनाहारहरू !

कमल शर्मा, तारा लुइँटेलजस्तो होनाहार व्यक्तिहरू राप्रपा नेपालमा नभएकोमा पाटीको अवस्था कस्तो पो हुन्थ्यो भनी तारा लुइँटेलका नातेदार पूर्व राजाका सचिव सागर तिमिल्सिनाले भन्दै हिँड्ने गरेका छन् रे भनी राप्रपा नेपालको कार्यालयमा चर्चा चल्दा भाइ सभापति निर्मल निवासको चर्कै स्वरमा व्यंग्य गर्दै थिए रे भनी पेन्सनवालाहरू कुरा गर्दै थिए ।

Read more

सुवास नेम्वाङको सम्पति ?

२०६२।०६३ को आन्दोलनपछि सबैभन्दा बढी पैसा कि त गिरिजाले जम्मा गरे भने कि त धर्मनिरपेक्ष घोषणा गरेर सुवास नेम्वाङले जम्मा गरे भनिन्छ । नेपाल भारतमा रहेका हिन्दुहरूले अब चाँडै नै सुवास नेम्वाङ सम्पतिको पर्दाफास गर्दैछन् भनी नेपालमा रहेका हिन्दु संगठनका कार्यकर्ताहरू भन्दै थिए ।

Read more

ओलीसँगै सति जानेहरू !

राप्रपा नेपाल, राप्रपा, सिपी मैनाली, चित्रबहादुर केसीसँगै गिरिजापुत्री सुजाताहरू पनि ओलीसँग सति जाने भएका छन्, अन्य पार्टीहरूको भने पार्टीगत कुरा थियो होला तर सुजाताको भने ज्वाइँ बंगालीबाबुको कलवाइपासदेखि गुण्डागर्दीको मुद्दा मिलाइदिन्छु भन्दाभन्दै ओली गएपछि छटपटिएकी छिन् भनिन्छ ।

Read more

नक्कचरो विजय !

अब ओली सरकार पक्का हट्छ भने विजय गच्छेदारको पार्टीले ओली सरकार छोड्ने निर्णय ग¥यो तर पनि नयाँ सरकारमा अरु मधिशे पार्टीहरू आउने हुँदा गच्छेदारलाई अछुतो नै ठानेका छन् त्यसैले गच्छेदारले जति रकमी काम गरे पनि ३ नम्बरको हुने भयो भनी लैनचौरतिर हल्ला चल्दै थियो ।

Read more

नेपाली स्वाभिमानको हार !

ओलीविरुद्ध अविश्वासका प्रस्ताव पास गराएर देउवा या दाहाल जसले जिते पनि नेपालमा पटक पटक नेपालको स्वाभिमानले भने हारेको हारै छ, यो क्रम २०४६ सालदेखि नै हो । अहिले पनि पहिलेजस्तै विजय भने भारतकै हो, यिनीहरू त निमित्त मात्रै हुन् भनी बुद्धिजीवीहरूबीच व्यापक चर्चा छ भनिन्छ ।

Read more

रामशरण महतको बिल !

पटक–पटक मन्त्री भएर सम्पतिमा विनोद चौधरीकै हाराहारीमा रहेका, पूर्व ग्रीनकार्ड होल्डर रामशरण महतले आफ्नो नातिको पास्नीको भोजको बिल व्यापारी शशी खेतानले तिर्छु भनेर पनि हप्ता दिनसम्म नतिरेकोले ¥याडिसन होटेल एकाउन्ट सेक्सनलाई निकै अप्ठेरो परेको कुरा विके श्रेष्ठले साथीहरूबीच चर्चा गर्दै थिए ।

Read more