बेलायतमा कोरोना भाइरसबाट हालसम्म १८ नेपालीको मृत्यु

समाज

लण्डन । बेलायतमा कोरोना भाइरसका कारण १८ नेपालीको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएसंगै मृतकको संख्या १८ पुगेको हो ।

आइतबार मृत्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विजयलाई गत साता अस्पताल भर्ना गरिएको थियो । अस्पतालले परिवारलाई जानकारी गराएको थियो ।