कोरोना संक्रमित बढेको बढ्यै, मृतक १३ पुगे, ३२३५ संक्रमित, विश्वभर ८० औं स्थानमा

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार दुई जना मृतकमा कोरोना देखिएको पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ३,२३५को छ । संक्रमित हुनेहरुमा २८६ जना पुरुष र ३७ जना महिला रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा मोरङका ६, सुनसरीका ५, सप्तरीका ८, नवलपरासीका ३, बाँकेका १२, बर्दियाका २८, कास्कीका ३, स्याङ्जाका १०, बागलुङका १, बझाङका ६, कञ्चनपुरका २, अछामका १, कैलालीका २, डडेलधुराका १, दैलेखका ४७, डोल्पाका १ जना छन् ।

त्यसैगरी, सुर्खेतका १०, जाजरकोटका ४, सल्यानका ३८, अर्खाखाँचीका १, नवलपरासीका २, रुपन्देहीका ३, भक्तपुरका १, धनुषाका ८, कपिलवस्तुका ३९, काठमाडौंका ४, महोत्तरीका ३५, रौटहटका ६ र सर्लाहीका २७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, शनिवार थप ३२ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । उनीहरुमध्ये २७ जना पुरुष र ५ जना महिला रहेका छन् । योसँगै कोरोना मुक्त भएर घर फर्किनेहरुको संख्या ३ सय ६५ रहेको छ ।

संक्रमित एकैदिन तीन सय भन्दा बढी बढ्दै जाँदा निको हुने मात्र ३२ पुग्नुले नेपालमा संक्रमणको दर बढिरहेको स्पष्ट हुन्छ । निको कम हुने र संक्रमित बढी हुने भइरहेको छ । मृत्यु पनि बढ्दै गइरहेको छ ।

विश्वभरमा नेपाल ८० औं स्थानमा आइसकेको छ । एसियामा नेपाल २७ औं स्थानमा छ । यही गतिमा अगाडि बढ्ने हो भने नेपाल छिट्टै अझ भयावह स्थितिमा पुग्नेछ ।