लकडाउनले १० हजार कुखुरा खाल्डामा

अर्थ

chicken
कैलाली । लकडाउनका कारण अहिले व्यवसाय चौपट भएको छ । त्यस्तै भएको कैलालीका व्यवसायीलाई पनि । घोडाघोडीका कुखुरा व्यवसायी पहल देउवाले बजार नपाएपछि चार हजार लेयर्स कुखुरा खाल्डामा गाडेका छन् ।

उनीसंग भएका १६ हजार पाँच सय लेयर्स कुखुरामध्ये चार हजार गाडेका हुन् । अण्डाले पनि बजार नपाएपछि १४ सय क्यारेट नष्ट गरिसकेका छन् । देउवालाई दाना खुवाउन नसकेपछि कुखुरा गाड्नुपर्ने वाध्यता परेको हो ।

जानकी गाउंँपालिका–९ का कुखुरा व्यवसायी शिव भाट पनि यतिखेर बजार नपाएर तनावमा छन् । उहाँसँग दुई सय कुखुरा बिक्रीका लागि तयार छन् । बजार पठाउने समयमा लकडाउन भएपछि उनलाई कुखुरा पाल्न समस्या भएको छ ।

कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलालीले लकडाउनका बेला तयार भएका १० हजार कुखुरा गाडिसकेको छ । चल्ला भने दैनिक २० हजारसम्म गाडिन्छन् ।