चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य आकासियो

समाज

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लगाएको लकडाउन घोषणाको एक महिना बित्दा बजारमा चामल, दाल, मैदा, तेललगायत खाद्य सामग्रीको मूल्य बढेको छ ।

तरकारीको भाउ लकडाउन पहिलेकै अवस्थामा आए पनि खाद्य वस्तुको मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

बजारमा चामलको मूल्य प्रतिकिलो रु चार–पाँच, तेलको रु १५ देखि २५, मैदा रु तीन–चारसम्म बढेको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत बताउँछन् ।

बजारमा खाद्यान्नको भाउ बढ्नुको कारण खुद्रा व्यापारी थोक आयातकर्तालाई देखाउने गरेका छन् भने थोक आयातकर्ताले उद्योगबाट आउँदै भाउ बढेको बताएका छन् ।

सरकारले खाद्यान्नको आपूर्तिमा कुनै रोकावट नहुने भने पनि विभिन्न स्थानमा पानी, दूधलगायत खाद्यान्न बोक्ने गाडी नै रोकेको छ ।

सरकारले बजारको नियमित अनुमगन नगरेका कारण यसको मार उपभोक्तामा परेको छ ।