नेपालमा कोरोना संक्रमित २८८ जना थपिए, २०९९ पुगे, संक्रमितको शैलीप्रति हैरानी

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । मंगलबार २८८ जना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये २ सय ६६ जना निको भएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ।

संक्रमित अन्य देशको तुलनामा फरक
नेपालमा कोरोना संक्रमितको शैली अन्य देशको तुलनामा फरक छ । अन्य देशहरुमा संक्रमित एवं मृतकहरु ६० वर्ष भन्दा बढी उमेरका हुन् ।

नेपालमा आँकडा फरक छ । नेपालमा २० देखि ४० वर्ष उमेर बीचका मानिसहरु बढी संक्रमित भएका छन् । मन्त्रालयको आँकडाअनुसार यो उमेर समूहका एक हजार २ सय ७४ जना संक्रमित छन् । त्यसमा पनि २० देखि ३० उमेर समूहकाको संख्या ८ सय रहेका छन् ।

१० वर्षसम्म उमेरका ५५ र ११ देखि २० वर्ष उमेरका चार सय ८६ जना संक्रमित छन् । ४१ देखि ५० वर्ष उमेरका एक सय ९१, ५१ देखि ६० वर्ष उमेरका ६३ जना, ६१ देखि ७० उमेर समूहका २३ जना, ७१ देखि ८० उमेर समूहका ६ जना र ८१ वर्षभन्दा माथिको उमेरका एक जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

८१ वर्ष उमेरकी वृद्धालाई निको समेत भइसकेको छ ।

संक्रमितमध्ये एक हजार ९ सय ४९ पुरुष र एक सय ५० जना महिला रहेका छन् । यो आँकडाले भने स्वास्थ्य विज्ञहरुलाई हैरान पारेको छ ।