कोरोना भाइरसका कारण विश्वव्यापी विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने

अर्थ

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन भएपछि विप्रेषण आप्रवाहमा २० प्रतिशतले कमी आउने भएको हो ।

महामारी र लकडाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएका कारण उनीहरुले पठाउने विप्रेषणमा समेत समस्या देखिएको बैंकको अध्ययनले देखाएको हो ।

बैंकले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा कोरोनाका कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा कमी आउने जनाएको छ ।

आप्रवासी कामदार रहेका रोजगारदाता देशसमेत कोरोनाको सङ्क्रमणविरुद्ध लडिरहेको, बेरोजगारी बढेको तथा सम्पूर्ण रुपमा आर्थिक गतिविधिसमेत बन्द भएका कारण त्यसको मारमा रोजगारीमा रहेका र रोजगार दिने देश तथा कम्पनी परेकाले विप्रेषणमा ठूलो गिरावट आउन लागेको हो ।

यसले नेपालमा समेत ठूलो असर पर्ने पक्का छ ।