नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो, १६ जनालाई निको भयो

समाचार

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । १६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

नारायणी अस्पताल वीरगञ्जबाट र अन्य तीन जना गरी चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अहिलेसम्म ५१ हजार ३ सय ६७ वटा टेष्ट भएका छन् । ती मध्ये पीसीआरबाट ९९३१ र आरडीटीबाट ४१ हजार ४ सय ३६ वटा टेष्ट भएका हुन् ।

गएको २४ घण्टामा २ हजार ९६ वटा टेष्टमात्र भएका छन् ।

११० जना आइसोलेसनमा रहेका छन् । काठमाडौं उपत्यकामा ६ जना रहेका छन् ।

६ जना रेड जोनमा परेका छन् । हालसम्म २ सय ९६ जना रेड जोनमा रहेका छन् ।