डा शेखर कोइराला भन्छन् – ‘मजदुरको चुल्हो बलेन’

राजनीति

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लकडाउनका कारण अहिले मजदुरको चुल्हो बल्न छाडेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत १३१ औं अन्तर्राष्टिय विश्व श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उनले चुल्हो बल्न छाडेका मजदुरलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग आग्रहसमेत गरेका छन् ।

उनले ‘लकडाउनका कारण अहिले मजदुरहरुको चुलो बल्न छोडेको छ। तसर्थ उनीहरुलाई तत्कालै आवश्क राहत सामग्री उपलव्ध गराउन सरकारसँग आग्रह गर्दछु’, भनेका छन् ।

कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनको आधार स्तम्भ ‘श्रम क्षेत्र’ लाई राज्यले यसरी निरपेक्ष राख्नु आफैमा दुःखद पक्ष भएको बताएका छन् ।