मूल्यवृद्धि ७ प्रतिशत गर्ने गरी सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठसहित)

Home Feature अर्थ राजनीति समाचार

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले ७ प्रतिशत मूल्यवृद्धि गर्ने योजनासहित १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको आर्थिक वर्ष २०७७–०७८ को बजेट ल्याएको छ ।

देशमा कोरोना भाइरसले असर पारेको त्यसको प्रभाव अर्थतन्त्रमा देखिँदा कूल बजेट गतवर्षको भन्दा घटेको छ । चालु आर्थिक वर्ष २०७६–०७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।

आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरेको छ ।

मूल्यवृद्धि ७ प्रतिशत, आर्थिक वृद्धिको लक्ष्य पनि ७ प्रतिशत नै कर्मचारी ठन्नाराम
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष मूल्यवृद्धि पनि ७ प्रतिशतमा सीमित राख्‍ने बताएका छन् ।

सरकारले चालु आर्थिक वर्षमा ८.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएकामा कोरोनाका कारण २.३ प्रतिशतमा सीमित हुने अनुमान गरिसकेको छ ।

यस्तै सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धिलाई ६ प्रतिशतमा सीमित राख्‍ने लक्ष्य राखेको थियो ।

अर्थमन्त्री खतिवडाले कर्मचारीको तलब भने बढाएनन् । उनले कोरोना रोकथामका लागि खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि रकम छुट्याएको बताएका छन् ।

उनले सन्तानको उच्च शिक्षा तथा आवास निर्माणका लागि कर्मचारीलाई सहुलियतपूर्ण ऋण लिने सुविधाको व्यवस्था भने गरिएको बताए । अस्थायी तथा करारमा काम गर्ने कर्मचारीको एक वर्षका लागि निःशुल्क कोरोना बीमाको व्यवस्था गरिएको उनले बताए ।

सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए । सम्पत्ति सुद्धिकरण रणनीतिको प्रभावकारी कार्यान्वयन गरिने, कारोना नियन्त्रणका लागि गरिएको खर्च पारदर्शी बनाइने उनको भनाइ छ ।

सरकार नै भ्रष्टाचार गर्न सक्रिय भएपछि कर्मचारीको साथ नलिइ पक्कै हुन्न । यो वर्षमा भ्रष्टाचारकै कारण मन्त्रीले पदबाट हात धोएका थिए । त्यसैगरी सरकारका थुप्रै गलत कदमले गर्दा उसको कार्यप्रति विश्वस्त हुन सक्ने अवस्था छैन ।

बजेट_वक्तव्य_२०७७_website