काठमाडौंको भीडः हामी आफै सचेत हुने दिन आए

समाचार समाज

काठमाडौं । सधैको लकडाउनले मुलुकको हित अलिकति पनि गर्दैन । त्यैपनि देशमा करिब छ महिनाको समय आम मानिसले लकडाउनमा बिताउनु पर्यो ।

जुन समयमा मानिसले नत कुनै आय आर्जनमा लाग्न सके । नत तिनलाई खानपानको नै कसैले दिगो बन्दोबस्त नै गरेको देखियो । धेरैले भन्दै आएका थिए, कोरोना भाइरसले मार्नुभन्दा पहिले नै भोकले मार्छ क्यारे हामीलाई ।

यो समस्या अधिकाँश नेपालीको हो । किनभने सामान्य नेपालीको औषत आय नै सामान्य छ । अझै कतिपयको बिहान कमाएर बेलुका छाक टार्नुपर्ने अवस्था छ । यो परिस्थितिमा कति नेपालीको पेटमा माड नपरेको होला, लकडाउन र निषेधाज्ञामा ।

वास्तवमा हाम्रोजस्तो देशमा कोरोना भाइरसको विरुद्धको अभियान भनेको लकडाउन वा निषेधाज्ञा हुनसक्दैन । कुनै पनि बन्दाबन्दी यसको समाधान हुनसक्दैन । यसको समाधानको उपाय भनेको नै आफू सचेत हुने र आफ्नो परिवारलाई सचेत बनाउँदै परिवारको सुरक्षा गर्ने । यदि यसो हुने हो भने मात्रै कोरोना भाइरसका विरुद्धमा सारा नेपाली परिचालन भएको मान्न सकिन्छ ।

तर हामी त्यति धैर्य हुनै सक्दैनौ । आश्चर्य लाग्छ, हामी मास्क लगाउन सकिरहेका छैनौं । मास्कले नाक मुख छोप्नु जरुरी हुन्छ । तर नाक नछोपेरै हिँड्न हामी मनपराउँछौं । नाक छोप्नु भनेको दण्ड सजाय दिएभन्दा पनि बढी भइदिएको छ कसैकसैका लागि । जबकी मास्क लगाउनु भनेको नै नाक र मुख पुरा छोपिनु हो । यदि नाक न छोप्ने हो भने मास्क लगाउनुको के औचित्य रह्यो र ?

मास्क नलगाउनु वा लगाए पनि आधा लगाउनुले मानिसको सुरक्षा गर्दैन । त्यस बाहेक मानिसहरु आफै एक अर्कासँग ढेसिएर हिँड्छन् । तिनलाई अरु मानिससँग अलिकति भए पनि दूरी कायम गरेर हिँडु वा बसु भन्ने नै लाग्दैन । कानेखुसी नगरी कुराकानी गरे, चित्त नै नबुझेजस्तो ! यदि यस्ता सामान्य कुराहरुमा हामीले थोरै मात्रै पनि ध्यान दिने हो भने हामीलृे आफूलाई बचाउन सक्छौं ।

सरकारले कोरोनाबाट बाँच है भनेर लकडाउन निषेधाज्ञा वा कफ्र्यु नै लगाउनु पर्दैन । हामीले त्यता तिर कहाँ सोच्छौँ र । हामी त सामाजिक प्राणि, समाजसँग उठ बस नहुने हो भने त हाम्रो केही चल्दैन भनेर हामी हिँडछौँ ।

यदि सडकमा हिँडदा, पसलमा छिर्दा, कुनै मलमा पुग्दा, बसमा बस्दा, हरेक काममा हामीले एक अर्कासँग दूरी कायम ग¥यौं भने हामीले आफ्नो काम गरेरै कोरोना भाइरसबाट बाँच्न सक्छौं । यदि कुनै समूहमा कसैलाई सामान्य रुघा खोकी मात्रै पनि लागेको छ भने आठ दस दिन घरमै रेस्ट गरेर बसे त्यसले अरुलाई गाह्रो गर्ने छैन । रुघा खोकी अरुमा सर्ने छैन । यस्ता सानासाना कुरा हामी आफैले सोचेर हामी आफै सचेत भए हामी आफैलाई सजिलो हुनेथियो ।