कोरोना संक्रमण निरन्तर बढ्दै, शुक्रबार ५९ बढे, ५१६ पुगे

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित दिनानुदिन बढ्दै गएका छन् । अनियन्त्रित तरिकाले गतिविधि बढिरहँदा लकडाउन नाममात्रको भइरहँदा संक्रमित बढ्दै गएका हुन् ।

शुक्रबार एकै दिन ५९ जना संक्रमित थपिँदा संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो । त्यसअघि दिउँसो २० र बिहान ३० जना संक्रमित भएको रिपोर्ट आएको थियो ।

थपिनेमा भक्तपुरकी ४२ वर्षीया महिला समेत छिन् । हालसम्म जना ७० डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४४० र महिला ७६ छन् ।

तीन जनाको भने मृत्यु भइसकेको छ। पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको छ।

संक्रमित दिनानुदिन बढिरहँदा पनि सरकारले उचित योजना नबनाएको भन्दै आक्रोश बढ्दै गइरहेको छ ।