तीन वर्षमा ७३ अर्ब राजश्व छलीका मुद्दा

Home Feature

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन वर्षमा सात सय ६७ वटा मुद्दा दायर गरेको छ । विभागले यस अवधिमा राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धीका मुद्दाहरू उक्त संख्यामा दायर गरेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि आव २०७८÷७९ असार मसान्तसम्म ७३ अर्ब ६९ करोड ३३ लाख रुपैयाँ बिगो माग सहितका १ हजार ६ सय ६२ जना विरुद्ध मुद्दा दायर भएको हो । आव २०७६÷७७ मा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धी पाँच सय ४२ जना विरुद्ध दुई सय ४३ वटा मुद्दा दायर गरेको थियो । सी आर्थिक वर्ष दायर गरेको मुद्दामा १६ अर्ब ८२ करोड ६९ लाख रुपैयाँ बिगो माग गरिएको थियो ।
विभागका अनुसार सो अवधिमा राजस्व चुहावट सम्बन्धीका ९६ वटा मुद्दा दायर भएका थिए । विभागले १५ अर्ब ५९ करोड ७१ लाख रुपैयाँ बिगो माग गरी राजस्व चुहावट गर्ने तीन सय १६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । त्यस्तै, सोही आवमा विभागले विदेशी विनिमय अपचलनका एक सय ४७ वटा मुद्दा दायर गरेको थियो । विदेशी विनिमय अपचलन गरेको आरोपमा विभागले दुई सय २६ जना विरुद्ध १ अर्ब २२ करोड ९७ लाख रुपैयाँ बिगो मागसहित मुद्दा दायर गरेको थियो । आव २०७७÷७८ मा भने उक्त मुद्दा घटेको देखिन्छ । यस अवधिमा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन सम्बन्धी ४३१ जना विरुद्ध १३८ वटा मुद्दा दायर गरेको थियो । दायर गरेको मुद्दामा २४ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बिगो माग गरिएको थियो । विभागले यस अवधिमा दायर गरेका मुद्दामा राजस्व चुहावटको आरोपमा १९ अर्ब ८१ करोड ९५ लाख रुपैयाँ बिगो मागदाबी सहित तीनसय
१७ जना विरुद्ध ८४ वटा मुद्दा दायर गरेको थियो । सोही अवधिमा विदेशी विनिमय अपचलन गरेको आरोपमा ४ अर्ब ९४ करोड ५८ लाख रुपैयाँ मागदावी सहित एक सय १४ जना विरुद्ध ५४ वटा मुद्दा दायर गरेको थियो । त्यसै गरी, आव २०७८÷७९ मा विभागले एक सय ३१ वटा मुद्दा दायर गरेको छ । सो अवधिमा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा १३ अर्ब २९ करोड २० लाख रुपैयाँ बिगो मागदावी सहित तीन सय ३७ जना विरुद्ध मुद्दा दायर गरेको हो । अघिल्लो दुई आर्थिक वर्षको तुलनामा यस आवमा भने मुद्दाको संख्या घटेको छ ।
विभागले यस अवधिमा दायर गरेको मुद्दामा राजस्व चुहावटको आरोपमा १० अर्ब ४ करोड ५६ लाख रुपैयाँ मागदावी सहित दुई सय ४६ जना विरुद्ध ७१ वटा मुद्दा दायर गरेको छ । त्यस्तै, सोही अवधिमा विदेशी विनिमय अपचलनको आरोपमा ३ अर्ब २४ करोड ६४ लाख रुपैयाँ मागदावी सहित ९१ जना विरुद्ध ६० वटा मुद्दा दायर भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।