एमसीसीबारे प्रचण्डको द्वैधचरित्रले मुलुक रणमैदान बन्दै

भूराजनीतिक द्वन्द्वको भुमरीमा नेपाल काठमाडौं । नेपालमा यतिबेला अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको झण्डै ६० अर्ब रकम अनुदान स्वीकार गर्ने कि नगर्ने भन्नेबारे अन्तिम रस्साकस्सी चलिरहेको छ । अमेरिकी सहयोगको रकम नेपालले स्वीकार नगरोस् भन्नेमा नेपालको उत्तरी छिमकी मुलुक चीनले ठूलो कुटनैतिक मेहनत गरेको भन्दै अमेरिकाले यदि नेपालले एमसीसीको रकम अस्वीकार गरे त्यसलाई चीनको […]

Read more

घुर्की लगाउँदै देउवासँग बार्गेनिङमा माओवादी र नेकपा ‘एस’

प्रचण्ड–माधव पुरानै खेलमा काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो रङ्ग छिटोछिटो फेर्दै आएका छन् । २०७३ को रङ्ग २०७४ सालमा फेरियो भने २०७७ सालको रङ्ग २०७८ सालमा फेरिएको छ । अहिले फेरि अर्को रङ्ग फेरिँदैछ । प्रचण्डले २०६३ सालमा राजनीतिको मुलधारमा आएदेखि नै स्वार्थको रङ्ग फेर्दै आइरहेका छन् । अब पनि […]

Read more

लोसपामा बिभाजनको गन्ध

काठमाडौं । भारतको नजिक रहेर भारत जे भन्छ त्यही गर्ने पार्टीको नाममा कहलिएका महन्थ ठाकुर र राजेन्द्र महतोबीच अहिले पानी बाराबारको स्थिति छ । छ महिनाअघि गठन भएको लोकतान्त्रिक समाजवादी पार्टीका यी दुई नेताका कारण सिङ्गो दल नै भद्रगोल अवस्थामा छ । पार्टी गठन भएदेखि अहिलेसम्म एक पटक पनि कार्यकारिणी समितिको बैठक बस्न सकेको छैन […]

Read more

कर्मचारीतन्त्रमाथि निरन्तर प्रहार

काठमाडौं । बहुदल आएपछि ब्यूरोक्रेसी (कर्मचारीतन्त्र) माथिको प्रहार जारी छ । किनकि नेताहरु तिनै कर्मचारीको ढाडमा भ्रष्टाचारको बन्दुक राखेर चलाउने गर्छन् । त्यसैले त कर्मचारीहरु नेताहरुको भरथेगमा चलिरहेका हुन्छन् । त्यसैले त उच्च कर्मचारीहरु सकेसम्म काठमाडौमै बस्ने प्रवृत्ति छ । त्यसमा पनि सचिव सरहका कर्मचारी काठमाडौ बाहिर जानै चाहन्नन् । गए पनि तुरुन्त सरुवा मिलाएर […]

Read more

कार्यसम्पादन समिति गठनबारे कांग्रेसमा असन्तुष्टि

पार्टीभित्र देउवाको ‘दादागिरी’ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पनि शेरबहादुर देउवा सभापति बन्न सफल भएका छन् । इतर पक्ष बाँडिएपछि त्यसकै फाइदा उठाएर देउवा निर्वाचित भएका हुन् । उनले पदाधिकारीमा क्लिनस्विप गर्न नसके पनि आरामदायी बहुमत ल्याएका छन् । जसका कारण उनलाई निर्णय गर्न समस्या हुने छैन । तर पदाधिकारीमा उनी र उपसभापति […]

Read more

यसरी धरासायी बन्दैछ अर्थतन्त्र

काठमाण्डौ । देशको अर्थतन्त्र नै आयातमुखी बनाउने सरकारी नीति मुलुकको सर्वाधिक अहितमा, चालु आर्थिक बर्षको ६ महिनामा भएको आयातले आर्थिक जरजरता उजार ग¥यो मुलुको अर्थतन्त्र आयातमुखी बनाइएको छ । देसभित्र उत्पादनज्यन क्षेत्रमा लगानी गर्ने सरकारी नीति नै छैन । कृर्षि प्रधान देसमा कृर्षिजन्य सामाग्री जुन प्रकारले आयात भइरहेको छ यसले राज्यलाई गिज्याइरहेको छ । राजश्वमुखी […]

Read more

देउवाको सम्बोधन असफलता ढाकछोप गर्ने प्रपञ्च मात्रै

सरकारको छ महिना निराशाजनक काठमाडौं । शेरबहादुर देउवाले पाँचौं पटक नेतृत्व गरेको सरकारले छ महिने कार्यकाल पूरा गरेको छ । तर यो सरकारले के राम्रो काम ग¥यो भन्ने बारेमा औंलामा गन्नुपर्छ । तर पनि प्रधानमन्त्री ेरबहादुर देउवाले भने गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नीतिगतभन्दा सानातिना कार्यमूलक प्रगति सुनाएर सफलता हासिल गरेको दाबी गर्न […]

Read more

पदीय आचरण र गरिमाको धज्जी उडाउंदै मन्त्रीहरु

काठमाडौं । रौतहटको गौरमा २०६३ साल चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले आक्रमण गरी माओवादीका २७ कार्यकर्ता मारेका थिए । घटनाको अनुसन्धान फाइल राजनीतिक दबाब र प्रभावमा अघि नबढाइँदा हत्याराहरु कानूनी दायरामा आएनन् । घटनाको डेढ दशकपछि गौर नरसंहार दोहो¥याइदिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले बताइन् । मन्त्री यादवले गत बुधबार रौतहटमा […]

Read more

संविधान मिच्ने हर्कतमा गठबन्धन

काठमाडौं । अहिलेको गठबन्धन सरकार सर्वोच्च अदालतको फैसलाको उपज हो । होइन भने यो गठबन्धन कहीँबाट पनि जायज छैन । गठबन्धनका लागि हैसियतसमेत थिएन । यति हुँदा पनि न्यायपालिकाले दिएको न्यायको कदर गर्नु त परै जावस् संसदबाट नभई अध्यादेशबाट काम चलाइरहेको छ । अब फेरि चुनावका विषयमा संविधान मिच्न गठबन्धन ठिक्क परेको छ । स्थानीय […]

Read more

माओवादीमा प्रचण्डको मात्रै चिन्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका एकमात्र नेता कोही छ भने उनी हुन् पुष्पकमल दाहाल प्रचण्ड । उनी सुरक्षित बाँकी असुरक्षित । अर्थात् उनी अध्यक्ष बाँकी सदस्यहरु । अन्य पदको अत्तोपत्तो छैन । त्यसैले त पार्टीको आठौं महाधिवेशनपछि पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो गरी तीन तहको संरचना अलपत्र परेको छ । महाधिवेशनपछि पुष्पकलम दाहाल प्रचण्डलाई अध्यक्षमा […]

Read more