यसरी धरासायी बन्दैछ अर्थतन्त्र

Home Feature राजनीति

काठमाण्डौ । देशको अर्थतन्त्र नै आयातमुखी बनाउने सरकारी नीति मुलुकको सर्वाधिक अहितमा, चालु आर्थिक बर्षको ६ महिनामा भएको आयातले आर्थिक जरजरता उजार ग¥यो मुलुको अर्थतन्त्र आयातमुखी बनाइएको छ । देसभित्र उत्पादनज्यन क्षेत्रमा लगानी गर्ने सरकारी नीति नै छैन । कृर्षि प्रधान देसमा कृर्षिजन्य सामाग्री जुन प्रकारले आयात भइरहेको छ यसले राज्यलाई गिज्याइरहेको छ । राजश्वमुखी अर्थतन्त्रका कारण देसभित्र भएको उद्योग व्यवसाय पलायन भइरहेको वेला नेतृत्वमा रहेकाहरु भने धरासायी बन्दै गएको अर्थतन्त्र बारे बेखबर जस्तै छन । कुनै बेला नेपालमा उत्पादन भएको धान, चामल खपत नभएपछि विदेश निर्यात हुन्थ्यो । चामल बिक्री गर्नकै लागि सरकारले चामल निर्यात कम्पनी समेत खोलेको थियो । हाम्रा किसानहरुले फलाएको अन्न भारत, बंगलादेश, पाकिस्तान हुदै कोरिया लगायतका मुलुकमा समेत बिक्री हुन्थ्यो । तर आज देस आयातमा भर परेको छ ।
चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ६ महिनामम १० खर्ब बराबरको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउन देखि पुस मसान्त सम्म कुल ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको हो । यो गत आर्थिक बर्ष २०७७÷७८ को यसै अवधिको तुलनामा ५१.१३ प्रतिशत बढि हो । जबकि ६ महिनामा निर्यातको अबस्था हेर्ने हो भने लज्जास्पद छ । यो अबधिमा जम्मा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको मात्र निर्यात भएको छ । गत बर्ष सोहि अबधिमा ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । देसले भोगिरहेको व्यापार घाटाले नेपाली अर्थतन्त्रको
वास्तविकता उजागर भएको छ । स्थानीय तहका जनप्रतिनिधि देखि प्रदेस सरकारका मन्त्री, मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्री देखि प्रधानमन्त्री सम्मले आर्थिक सम्मृद्धिका ठूलाठूला भाषण गरिरहँदा राष्ट्र बैंक र भन्सार विभागले सार्वजानिक गरेको ब्यापार घाटाको तथ्यले सम्बृद्धिको भाषण गर्ने नेताहरुलाई गिज्याइरहेको छ ।
सरकार र राजनीतिक नेतृत्वले कृषिमा आत्मनिर्भरताको नारा दिन छोडेका छैनन । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण जे भने पनि वास्तविकता के छ भने देस कृषिजन्य वस्तुमा परनिर्भरता तर्फ उन्मुख हुदै गएको छ । त्यसैले त ब्यापार घाटा कहालीलाग्दो तरिकाले बढिरहदा निर्यात भने निरास जनक अबस्थामा छ । देसको सिंगो अर्थतन्त्र आयातमुखी बनाउने सरकारी नीति देसका लागि सर्वाधिक अहितमा छ । आयातमा आधारित भएर अर्थतन्त्र चलाउने नेताहरुको चाहानाका कारण देसभित्र भएका उद्योग व्यवसाय पनि विस्थापीत हुने क्रम जारी छ । उत्पादन वृद्धि र समृद्धिको खोक्रो भाषणले मात्र देश आत्मनिर्भर र समृद्ध बन्न सक्दैन । पछिल्लो ६ महिनामा भएको आयात मात्र हेर्ने हो भने पनि सम्बृद्धिको भाषण गर्ने नेताहरुलाई लज्जा बोध हुनु पर्ने हो । अहिले पुँजीगत खर्च कमजोर छ । विदेशी विनिमय सञ्चिति घट्दो अबस्थामा छ । महँगीले नयाँ नया रेकर्ड कायम गरिरहेको छ । व्यापार सन्तुुलन पुर्णरुपमा खलबलिएको छ ।
वित्तीय क्षेत्र लगानीयोग्य रकमको अभावले ग्रस्त छ । समग्रमा भन्दा अर्थतन्त्रका परिसुचकहरू ओरालो लागेका छन । तर विडम्बना भन्नु पर्छ सरकार र राजनीतिक दलहरु देसको अर्थतन्त्रबारे चिन्तित भएको देखिदैन । सरकार र राजनीतिक दल कहाली लाग्दो अबस्थामा पुगेको आर्थतन्त्र बारे केही नभएको जस्तो गरी आ आफ्नै राजनीतिक दाउपेचमै तल्लीन छन् । केहि समय अघि मुलुकका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरे । दुखको कुरा के छ भने ती महाधिवेशनमा देसको सम्बृद्धि बारे सामान्य छलफल समेत हुन सकेन । जुन राजनीतिक दलहरु सत्ताको वरिपरि छन, सत्ता सञ्चालन गरिरहेका छन । ती दलका नेताहरुलाई देसको बारेमा चासो समेत नहुने हो भने यस्ता नेताहरु नेतृत्वमा पुग्दा देस विकासले गति लिन्छ, वेरोजगारले रोजगारी पाउछन र देस सम्बृद्ध हुन्छ भनेर सोच्नु कोरा कल्पना मात्र हुने छ । अहिले भइरहेको त्यहि हो ।