यार्डमा चम्किलो ठाउँ

Home Feature

हाम्रा वर्तमान प्रधानमन्त्री खड्ग प्रसाद ओलीलालाई धेरैले ‘भारत परस्त’को बिल्ला भिराएका थिए । तर आपूmमाथि लाग्दै आएको भारत परस्तको बिल्ला पन्छाएर ‘राष्ट्रवादी प्रधानमन्त्री’को पगरी सहजै गुथ्न ओलीले कसरी सके भन्ने प्रश्नले अहिले माइला बाजेलाई निकै अचम्ममा पारेको छ । जनताका नेताको उपनाम पाएका नेता मदन भण्डारीको मृत्यु भइसकेपछि नेकपा–एमालेमा बामदेव गौतमले राष्ट्रवादी नेता बन्न खोजेका थिए । केही हदसम्म आप्mनो यो छवि जोगाउन गौतम सफल पनि भएका थिए । तर आप्mनै व्यक्तिगत महत्वकांक्षाले गर्दा मात्र उनलाई यस्तो पृष्ठभूमिमा पु¥याएको हो ।

कुनि के कारण हो झलनाथ खनालले भने यस्तो खालको भूराजनीतिक स्पटलाइट आपूmमाथि पार्न सकेनन् । माधव कुमार नेपाल र ओली (चाहे यी दुई मित्र भएको समयमा होस् वा विरोधी)ले चाँहि दक्षिण संस्थापनको आशिर्वाद प्राप्त गर्नका लागि एकअर्कासँग तीव्र प्रतिस्पर्धा गरे झैं देखिन्छ । भारत परस्तबाट राष्ट्रवादी प्रधानमन्त्रीको रुपमा ओलीको रुपान्तरण पूर्णतः अप्रभावित हो कि यो व्यक्तिगत, राजनीतिक वा घटनाक्रमले गर्दा भएको हो भन्ने बारेमा वहस गर्नु सान्र्दभिक छैन ।

दक्षिणी लाइनको घुँँडा टेक्न नमान्ने प्रधानमन्त्रीको सत्ता ढाल्न भारत लागि परेको धारणा धेरै नेपालीको मनमा गढेर बसेको छ । नेपालको पछिल्ला राजनीतिक मामिलामा भारतीय संलग्नता रहेको भन्दै ओलीले लगाएको सार्वजनिक आरोपप्रति नयाँ दिल्लीले दिएको प्रतिक्रियामा पनि यो वास्तविकता अलिअलि झल्किएको छ । ओलीले लगाएको आरोप कति गम्भीर छ भन्ने कुरा उनले जुन ठाउँमा यस्तो अभिव्यक्ति दिएको हो त्यसबाट पनि यसको गम्भिरता बुभ्mन सकिन्छ । राष्ट्रिय सुरक्षा सम्मेलनमा ओलीले आप्mनो नेतृत्वमा बनेको गठबन्धन सरकारबाट माओवादीे समर्थन फिर्ता हुनुमा भारत दोषी रहेको मात्रै हैन पछिल्लो राजनीतिक घटनाक्रम आपूmले चाहेको जस्तो भएकोमा नयाँ दिल्ली उत्सव मनाउने मूडमा समेत भएको बताए ।

यदि स्थिति सामान्य हुन्थ्यो त भारतीयहरुले नेपालका नालायक नेतामध्येबाट अर्को एक जनाले उखान टुक्कामा आश्रित हुँदै आपूmलाई निचा देखाउन खोजेको भनेर ओलीको उक्त भनाईलाई पनि वेवास्ता गर्थे होलान । तर ओलीले त्यस्तो अभिव्यक्ति दिने बित्तिकै नयाँ दिल्लीले सोको प्रतिकार गर्नुले कम्तिमा पनि के संकेत गरेको छ भने हाम्रा प्रधानमन्त्रीको कुराले उसलाई घोचेको छ ।

चोरको खुट्टा काट् भन्दा चोरले हत्तपत्त खुट्टा झिकेझैं ओली सरकारलाई ढाल्न भारतले केही नगरेको नयाँ दिल्लीमा ‘उच्च स्तरीय’ स्रोतको भनाई छ । यति मात्र कहाँ हो र ? ‘ओलीले धानीरहन सकेनन र गठबन्धन सरकार ढल्यो । संसदमा आप्mनो पक्षमा धेरै मत नभएपनि उनी अझैपनि कुर्सीमा बसिरहन चाहन्छन् जुन पूर्णत अगणतान्त्रिक छ ।’ भारतको मुख्य दैनिक पत्रिकाले उक्त स्रोतको भनाई उद्धृत गर्दै छापेको छ । उनी यतिमा मात्र रोकिएनन् । अझ अगाडि उक्त अज्ञात स्रोतले काठमाडौंमा चिनियाँ अधिकारीहरु ओली सरकार बचाउन संसदमा रहेका प्रत्येक दल सांसदहरुलाई मनाउन समेत पापड बेलिरहेको कुरा समेत गरे ।

तर उनले भनेको यो कुरा चाँहि माओवादी नेता पुष्प कलम दाहालको दाबीभन्दा ठिक उल्टो छ । ओली पछि आपूmनै प्रधानमन्त्री भए पेइचिङ खुसी हुनेमा आपूmले भरपर्दो सूचना पाएको कुरा दाहालले गरेका छन् । यो कुरालाई यहाँ उप्काउनु असान्दर्भिक भने होइन । नेपालको आन्तरिक राजनीतिक मामिलामा भारत र चीनबीच चर्किएको प्रतिस्पर्धाले परमाणु आपूर्तिकर्ता समूहको सदस्यता लिने भारतको प्रयास विफल भएपछिको स्थितिमा एशियाका दुई ठूला शक्ति राष्ट्रबीचको विवाद अनियन्त्रित बन्दै गएको तथ्यलाई पनि उजागर गरेको छ ।

पछिल्लो समय साउथ चाइना सिमा चीनको ऐतिहासिक दावीको विषयमा पर्मानेन्ट कोर्ट अफ आर्बिट्रेशनले गरेको फैसला पछि केही भारतीयहरु निकै उत्साहित बनेका छन् । यस्तोमा चिनियाँहरुले पनि आप्mनो सरोकार नबढाउनेमा दुईमत छैन । अहिलेसम्म नेपालको मामिलामा चीन स्पष्ट रुपमा नै हस्तक्षेप नगरेको भएपनि उत्तरतिरका मन्दारिनहरु परम्परागत ढंगले चल्ने विदेश तथा सुरक्षा नीतिका पक्षधर हुन् । यो नीतिले हामीहरुलाई क्विङ वंशजको अन्तिम ट्रिबुटरिजको रुपमा लिन्छ । यदि चिनियाँहरुले ओली सरकारलाई बचाएर राख्ने खेलमा आप्mनो असली रंग यथावत राख्न तम्तयार भएमा उसको तर्फबाट भारत पनि पछाडि हट्ने छैन । तिब्बत र ताइवान एकै ठाउँमा मिलेर सुसंगत कूटनीति आख्यान बनेर ‘उत्तरदायी सरोकारवाला’का रुपमा उदाउने चीनको क्षमतालाई चुनौती दिएमा स्थानीय असर र प्रभावहरु पर्न सक्छ ।

यस्ता गम्भीर चिन्ताका विषयहरुलाई सार्वजनिक भाषणका रुपमा ओकलेर तुच्छ बनाउने हाम्रा राजनीतिक नेतृत्वले प्रवृत्तिले कयौं नेपालीहरुलाई क्रुद्ध बनाउनेमा कुनै शंका छैन । यद्यपि, यहाँपनि केही आशा गर्न सकिन्छ यदि एशियाली महाशक्तिबीच लामो समयदेखि चलिरहेकोे रस्साकस्सीबाट हाम्रा नेताहरुले अप्रत्यासित रुपमा निर्णायक नतिजा निकाल्न सके भने ।