चीनले पठाएको अक्सिजन सिलिन्डरमा मन्त्री आलेले राखे आफ्नो फोटोसहितको स्टिकर

Home Feature राजनीति

काठमाडौं । आफूले सामाजिक उत्तरदायित्व बोक्न नसक्ने केपी शर्मा ओली नेतृत्वको सरकारका वनमन्त्रीले उल्टो बाटो अपनाएका छन् । उनले चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटोसहितको स्टिकर टाँसेको सिलिन्डर बाहिर पठाएका छन् । उक्त तस्वीर बाहिरिएपछि आले अहिले सामाजिक सञ्जालको निशानामा परेका छन् ।

गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री आलेले त्यसमा ब्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् ।

अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीसहित त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पनि आफ्नो निर्वाचन क्षेत्र डोटीमा पठाएका छन् ।

मन्त्री आलेले आफू ब्यापारी भएको प्रतिक्रियासमेत दिएका छन् । बेथिति हेर्न कतै जानै नपर्ने । यी मन्त्री र प्रधानमन्त्री ओलीलाई हेरे पुग्छ ।