बालबालिका उच्च जोखिममा, दुई बालमन्दिरका कम्तीमा ५९ संक्रमित

Home Feature समाचार

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले बालबालिकालाई बढी नै आक्रमण गरेको छ । तेस्रो लहरले अझ बढी बालबालिका र किशोरकिशोरीमा आक्रमण गर्ने जनाइएको छ ।

यता, काठमाडौंको दुई बालमन्दिरका १० सुसारेसहित ५९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । नेपालमा एकैपटक धेरै संख्यामा बालबालिकालाई कोभिड–१९ पुष्टि भएको यो पहिलो पटक हो । नेपाल बाल संगठन अन्तर्गत उपत्यकाको नक्साल र सिफल बालमन्दिरमा संरक्षणमा रहेका ५९ जनामा संक्रमण पुष्टि भएको संगठनले जनाएको छ ।

सिफलका ३६ र नक्सालका २३ जनामा कोरोना पोजिटिभ देखिएको हो । दुवै बालगृहका कुल संक्रमित ५९ मध्ये १० जना सुसारे हुन् । संक्रमित बालबालिकाहरू ८ महिनादेखि १० वर्षसम्मका रहेका छन् । दुईजना १८ वर्षका रहेका छन् ।

केही बालबालिकाको रिपोर्ट भने आउन बांकी छ । संक्रमितहरूमा खोकी, ज्वरोलगायतका लक्षण देखिएको छ ।