बहादुर भवनमा इसाई भाइरस

नपत्याए पनि

हिन्दु राष्ट्र, हिन्दु धर्म, हिन्दुहरुको माता गाई, हिन्दुहरुको आस्था राजसंस्था भन्ने शब्द, अक्षर र बोल्ने भाषा विधानबाट त के नेपाली शब्दकोषबाटै हटाउन पछि नपर्ने इसाई भाइरस बहादुर भवनका आयुक्तहरुमा छिरेछ धुम्वराहीतिर हल्ला चल्दै थियो ।


गठबन्धन सरकार अन्धाको हात्ती


संविधान, ऐन कानून छामेर खल्तीको कानूनविद्को सल्लाह मानेर गैर सांसद माधव र चुनाव विरोधी प्रचण्डलाई दायाँ–बायाँ राखेर उनीहरुको मतियार बन्नु भनेको अन्धाहरुले हात्ती छामेर तर्क कुर्तक गरे जस्तै गर्नुभन्दा गठबन्धन भत्काएर एमाले–कांग्रेसको चुनावी सरकार बनाएर तीनै तहको निर्वाचन गराउने विकल्प रोज्ने देउवाको पालो भन्दै कांग्रेस–एमालेका दोस्रो पुस्ताहरु हल्ला गर्न थालेका नारदले चाल पायो ।


वतासले योगेशलाई लाने भो


पानी ट्यांकीमा पैसा भरेको काण्डको व्यापक प्रचार प्रसारपछि चुनावी प्रतिस्पर्धामा दुई दुई चोटी हार खाएका ईश्वर पोखरेलझैं बतास समूहको ठेक्का सम्झौताको अनियमिततामा मुछिएका योगेश आउँदो चुनावमा पत्ता–साफ हुने भो नेकपा एस.का झाँक्रीहरु हल्ला गर्दै थिए ।


संग्रालय गणतान्त्रिक भट्टी


ओली सरकारबाट ठेक्कामा पाएको बतास समूहले रेष्टुरेन्ट नखोल्दै नारायणहीटी संग्रहालयभित्र रक्सी खाएर दिउँसै रमिता देखाउने अर्कोतिर युवा–युवती कुना कन्दरा र रुखको छहारी मुनी आपत्तिजनक अवस्थामा बस्ने संग्रहालय भट्टी र कृडास्थल बन्दै जान थालेपछि जनताको नासो भन्दै नारायणहिटी छोडेका पूर्व राजा–रानीको त के कुरा संग्रहालय घुम्न, हेर्न आएका देख्ने–सुन्ने खबर पढ्नेहरुको समेत आँखा रसाउन थालेको नारदले चाल पायो ।


कोभिडमा पनि डबल


च्यारिटी संस्था अक्सफ्यामको रिपोर्ट अनुसार नेपालमा धनी र गरिवीबीचको खाडलमा डबल बृद्धि हुँदै गए पनि नेपालीहरुको सम्पत्ति स्विस बैंकमा दोब्बर भन्दा बढीले बृद्धि भएको र नब धनाढ्यहरुको नयाँ खाता खोल्नेक्रम जारी नै रहेकोले चाँडै नै फोब्र्सको सूचिमा नेपाली नेता र व्यापारी पर्न सक्ने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी श्रोताले नारदलाई सुनाउँदै थियो ।


माओवादी हुनुको


नेपालमै सम्भव भएको औषधि गर्न विदेश पुगेका वर्षमान पुन त्यही ठाउँबाट उनी चीन पुगे, चीनबाट उनी करोडौं खर्च गरेर प्लेन चार्टर गरेर नेपाल फर्केका थिए । आपूmलाई माओवादी पार्टीको महासचिव पदमा दावी गर्ने पुन शहर पस्दा कस्ता थिए भनेर सामाजिक सञ्जालमा बहसको विषय बनेको छ भनी एमालेका बादलहरू भन्ने गर्दछन् ।


माधवजीका कुरा !


भारतमा जन्मेको हुर्केको तर नेपाल नाम राखेर क्रिश्चियन धर्म प्रचारक भनी चर्चित माधव कुमार नेपाल एमाले त फुटाए फुटाए, उनको साथ दिनेहरूको राजनीतिक अवस्था पनि फुटाउने भए भनी नेपालसँग लागेका केही नेताहरूको शुभचिन्तकहरूले भन्ने गरेका छन् ।