प्रचण्डको तिकडमले ओली बाहिरै

Home Feature राजनीति

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी पारित गर्ने बारेमा सत्ताधारी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले लफडा गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एकाएक खुशी भएको थियो । एमालेले एमसीसी त पास यसै पनि गर्ने थियो त्यो भन्दा ठूलो कुरा उसले सत्तागठबन्धन तोडिने अपेक्षा गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अहंकारलाई तोड्नका लागि एमाले अध्यष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रोसँग सदुपयोग गर्न चाहे ।
दुर्भाग्य उनले तत्काल पूरा नहुने माग तेस्र्याए । त्यही मागका कारण नै ओली सफल हुन सकेनन् । ओलीलाई अगाडि बढ्न दिन भन्दा त आफू नै अग्रगामी छलाङ लगाउन सफल भए प्रचण्ड । उनले जस्तोसुकै आलोचना किन नहोस् तर ओलीलाई अगाडि बढ्न नदिने भन्दै एमसीसी पारित गराए । उनकै पछि लागेर एमसीसी पास गराए माधव नेपालले । त्यसैले त प्रचण्डले शान्ति प्रक्रिया नै भंग हुने स्थिति आएपछि एमसीसी सम्झौता अनुमोदन गर्ने अवस्था आएको बताएका छन् । उनले आफ्नो पार्टीको राष्ट्रिय सभागृहमा भएको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गर्दै यथास्थितिमा
एमसीसी पास नगरेको बताएका हुन् ।
उनले यथास्थितिमै एमसीसी पास गरेर माओवादीलाई ’रिङ आउट’ गर्न खोज्ने एमालेको षड्यन्त्र चकनाचुर भएको पनि बताएका छन् । पार्टी विभाजनअघि नेकपा हुँदा तत्कालीन प्रधानमन्त्री ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेको पनि प्रचण्डको दाबी छ । प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘परिमार्जनसहित अनुमोदन नगरेको भए एमसीसी जस्ताको त्यस्तै पारित हुने अवस्था थियो । गठबन्धन टुट्ने मात्रै होइन शान्ति प्रक्रिया नै भङ्ग हुने स्थिति सिर्जना हुने भएकाले यो विधि र प्रक्रिया बाहेक तत्काललाई अरु विकल्प नै थिएन ।’ नेकपा छँदा आफ्नै अध्यक्षतामा बसेको बैठकमा आफ्नै प्रस्तावअनुसार झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले निकालेको निष्कर्ष अनुसार नै परिमार्जनसहित एमसीसी अनुमोदन भएको प्रचण्डको दाबी छ । त्यस्तै एमसीसी बारेको व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रुपमा कानूनी मान्यता अनुरुप नै संसद्बाट पारित भएको पनि प्रचण्डले दोहो¥याएका छन् ।
माओवादीको आठौं महाधिवेशनको निर्णयअनुरुप नै परिमार्जनसहित एमसीसी पारित भएको उनले बताए । एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको थियो । तर पार्टीभित्र प्रचण्डको जमेर आलोचना भएसँगै उनले केन्द्रीय समिति रोेकेर विस्तारित बैठक आयोजना गरे । अर्थात् उनले ओलीलाई त अगाडि बढ्न दिएनन् नै तर छेपारोले झैं रङ्ग फेरेर कार्यकर्ता झुक्याउने प्रचण्डको हर्कतको भने पार्टीभित्र निकै नै आलोचना भएको छ । एकथरीले भनिरहेका छन् ओलीलाई अगाडि बढ्न त दिएनन् तर आफू पनि त्यही ड्याङकै भएका छन् ।