चुनावले ओलीको सपनामा झड्का

Home Feature

काठमाण्डौ । चुनाव अघि १५० सिट जितेर सरकार बनाउँछु भन्ने एमाले अध्यक्ष केपी ओलीको घमण्ड नेपाली मतदाताले समाप्त पारिदिए । नेकपाका दुई नेता प्रचण्ड र माधवलाई दुईटा अँगालोमा च्यापेर–भनेका सानातिना कुरा पु¥याइदिएको भए अघिल्लो अवधिमा पाँच वर्ष पूरा गरेर नयाँ संसदमा पनि प्रधानमन्त्री बन्ने ठूलो सम्भावना थियो । किन रोइस् मंगले आफ्नै ढंगले भनेझैं अब कसै गरे पनि सत्तामा नपुग्ने देखिएको छ ।
बरु संयुक्त सरकार बनाउन माओवादीको सहयोग चाहिने सन्दर्भमा प्रचण्ड आपूm जान नमिल्ला आफ्नो पार्टीका मानिसलाई पक्कै मन्त्री बनाउँछन् । त्यसो त एमालेले माओवादीलाई प्रधानमन्त्रीको लोभ देखाएर आफ्नो पक्षमा पार्ने प्रयास गर्ला । तर त्यति सजिलो छैन वामएकताको कुरा । अब एकपल्ट नेपालका वामपन्थीहरूलाई एक बनाउने प्रयास गर्ने छ । त्यसो त वाम एकताको कुरो त्यति सजिलो छैन । प्रत्येक कम्युनिष्टको रौं रौंमा रोज हुन्छ, एकले अर्कालाई पटक्कै देखिसहदैनन् । एकता त्यतिखेर सम्भव हुन्छ जतिखेर ओलीले पार्टी अध्यक्ष छाड्न तयार हुन्छन् तर यो कुरा अहिलेको सन्दर्भमा असम्भव प्रायः छ । हुन पनि आफ्नो हात काट्ने काम कसले गर्छ र ?
वास्तवमा यसपल्टको चुनावमा कांग्रेसले लाभ लियो दुईटा
कम्युनिष्ट समूहलाई गठबन्धनमा ल्याएर राम्रै प्रतिफल पाउथे । त्यसो त मान्छे ज्यादा घमण्डी भयो वा मलाई कसले के गर्न सक्छ र भने उत्ताउलो गाईझैं बाघले खाई जस्तै बीचमा नासिन सक्छ । अझै ओली स्वतन्त्र पार्टी उदाउनु सामान्य कुरा हो र ङारङारङुरङुरको भरमा राजनीति चल्दैन भनेर खिसिट्यूरी गर्दैछन् । तर अर्काे पाटो–प्रचण्डसँग डेढ वर्षदेखि सम्पर्क नगरेका ओलीले मतगणनाको मध्यतिर नै आफ्नो अवस्था खस्किए पछि प्रचण्डलाई फोन गरेर नजितिने लक्ष्यण देखाए । तर ओलीको सबै व्यवहार बुझेका प्रचण्ड यति चाँडै फकिएलान् जस्तो लाग्दैन । काम भएसम्म भाँडो काम सकिएपछि ठाँडो भन्ने नेपाली उखान चरितार्थ गर्दै एमाले अध्यक्ष प्रचण्ड र माधवलाई अब यिनको शक्ति घटेको छ र किन वास्ता गर्ने भनेर यदि छिछि दूरदूर गरे–उनीहरू बाध्य भएर पार्टी छाड्नु प¥यो ।
त्यस अर्थमा त देउवाले सम्मानका साथ व्यवहार गरेका छन् र कुनै कुरा गर्नुपर्दा गठबन्धनका सबै नेता बस्ने, छलफल गर्ने गरेका छन् । अनि यी सबै नेताले गठबन्धनको आवश्यकता आउँदो १५ वर्ष उपयोगी हुन्छ भन्ने धारणा व्यक्त गर्दै आएका छन् । यस परिप्रेक्ष्यमा आउँदो सरकार निर्माणमा गठबन्धन एकै भएर जाने अडकल काट्न सकिन्छ । दिउँसो दिँदा तेल न खाने राति कोल चाट्ने उखान चरितार्थ गर्दै आपसमा सरसल्लाह नगर्ने, झुक्याएर रातिराति प्रतिनिधि सभा विघटन गर्ने कम्रेड ओलीले आह्वान गर्दैमा कुनै पनि नेता उनलाई प्रधानमन्त्री बनाउन मिल्न जाँदैनन् । आफ्नो गल्ती सच्याउने समय भएसम्म ओली कम्रेड मुख बङ्ग्याउँदै हिँडे–अब कराएर के गर्नु । त्यसो त बिहान बाटो बिराएको मान्छे साँझ फर्केर आउँछ भने त्यसलाई बाटो बिराएको भनिदैन भनेझैं ओलीले गल्ती स्वीकार गर्दै पार्टीको उच्च ओहदा छाड्न तयार भए फेरि वाम एकता हुनसक्छ ।