राजनीतिको उत्तराद्र्धमा झलनाथको हर्कत

Home Feature

काठमाण्डौ । चुनावमा जित÷पराजित एक मतले पनि हुन्छ । पराजित हुनेले पराजय स्वीकार्नै पर्छ । तर, देशका ३४ औँ प्रधानमन्त्री भएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल दुई हजार ६६४ मतले आफ्नै पूर्व कार्यकर्ता रहेका एमाले इलामका अध्यक्ष महेश बस्नेतसँग चुनावमा पराजित भए ।
पूर्व प्रधानमन्त्री खनालले पराजयलाई सहजै नस्वीकारेको उनका अभिव्यक्ति र पुनः मतदानको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटबाट स्पष्ट हुन्छ । गतसाता दायर भएको रिटको प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । जे होस् अब इलाम–१ को चुनावको विवाद निरूपण सर्वोच्च अदालतबाट हुने
भएको छ र चुनावी नतिजामा चित्त नबुझेर अदालतको ढोका ढकढक्याउनु खनालको नैसर्गिक अधिकार हो । तर, चुनावी प्रक्रिया र परिणामलाई लिएर उनले अभिव्यक्त गरिरहेका विचार र अदालतमा दायर रिटले उनको राजनीतिक व्यक्तित्वलाई क्षयीकरण गर्ने अनुमान गर्न सकिन्छ । नेपाली वामपन्थी आन्दोलनको शीर्षस्थ नेतृत्व सम्हालिसकेका र देशको प्रधानमन्त्रीसमेत भइसकेका नेता खनाल बौद्धिक र अध्ययनशील नेताको रूपमा समेत चिनिन्छन् । यद्यपि, उनका पछिल्लो व्यवहारले राजनीतिक जीवनको उत्तराद्र्ध विवादित र आलोचित बनाएको छ ।