सबैले सधैं सम्झिरहने राजा

विचार

टीका धमला

इतिहास भन्ने कुरा लिपिबद्ध भएको नै हुन्छ भन्ने हु«दैन । ब«ढा मरे भाषा सरे भने जस्तै जुगौ–जुगसम्म पुराना घटना, पात्र, सामाजिक संरचना इत्यादि कुराहरु चन्द्रस«र्य रहेसम्म जीवितै रहेका कयांै उदाहरणहरु छन् । त्यस्तै राजा वीरेन्द्रको सम्झना पनि नेपालीहरुलगायत उहाँका समिपमा भए नभएका नेपाल र नेपालीहरुको बारेमा जान्ने–सुन्ने स्वदेशी वा विदेशीहरुबाट पनि धेरै सुन्न पाइन्छ ।
यो पङ्तिकार सन् २०२२ जुलाई अगस्टमा अमेरिकामा रहँदा बस्टन नजिक न्य«हेम्पसायरमा केही दिन रहँदा, संयोगवश अन्दाजी ८० वर्ष जतिका एक व्यापारीसँग भेट भयो । म नेपाली हुँ भन्दा उनीले नै पहिला राजा वीरेन्द्रको बारेमा कुरा सुरु
गरे । नेपालका वीरेन्द्र एक प्रखर राष्ट्रवादी र प्रजातान्त्रिक राजा थिए । सधै नेपाल र नेपालीको चिन्तक, विश्व राजनीतिमा चाख राख्ने, साधारण परिवेशमा रमाएर बस्न सक्ने राजा थिए रे हो ? भनेर मलाई सोधे । यी र यस्तै कुराहरु गर्दै जाँदा यो पङ्तिकारले राजा वीरेन्द्रसँग अविछिन्न रुपमा २० वर्षसम्म सँगै
अंगरक्षकको रुपमा सेवारत रहेको कुरा गर्दा सुरुमा उहाँले नपत्याएको जस्तो लाग्यो । केही बेरपछि सन् १९८३ मा राजा वीरेन्द्रको अमेरिकाको राजकीय भ्रमणका अवसरमा ह्वाईट हाउसमा भएको ब्याङ्क्वेटको भाषणमा तत्कालिन अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगन र राजा वीरेन्द्रको पछाडि यो पङ्तिकारको पनि उपस्थिति भएको युट्युबमा देखाउँदा उहाँ केहीबेर बोल्नै सक्नुभएन र मलाई हेरी मात्र रहनुभयो । केही बेरपछि भन्नुभयो आज यो कुरा यही रोकौ भोलि बिहान म कहाँ ब्रेकफास्ट खान आउन सक्नुहुन्छ ? भन्नुभयो । म नजिकै बसेको हुनाले उहाँको निमन्त्रणा स्वीकारे । उहाँले मलाई, मेरी श्रीमती, छोरा र बुहारीलाई पनि बे्रकफास्टमा ल्याउन भन्नुभयो ।
भोलिपल्ट बिहानै हामी परिवारसहित उहाँको घरमा गयौं । तालको छेउमा आलीसान घर रहेछ । भलाकुसारी हँुदै उहाँको परिवारसँग ब्रेकफास्ट खाएपछि मेरी श्रीमती, छोरा र बुहारीलाई उहाँको परिवारसँग निजी डुङ्गामा तालमा घुमाउन पठाउनुभयो र हामी दुईजना मात्र उहाँको अफिस जस्तो देखिने कोठामा बसेर अघिल्लो दिनको कुराको सन्दर्भ फेरि निकाल्नु भयो । टेबलबाट एउटा सानो किताब निकालेर यो किताबको बारेमा केही सुन्नुभएको छ भन्दै राजा वीरेन्द्रको बारेमा उहाँको हारर्बोड विश्वविद्यालयका ट्युटरले लेख्नु भएको म्झयअचबतष्शष्लन ःयचबअज दथ ँचबलअष्क न्। ज्गतअजष्लक भन्ने किताब देखाउनुभयो । मैले यो किताब पहिला नै पढिसकेको छु भन्दा उहाँ फेरि हाँस्दै छक्क पर्नुभयो ।
यो पङ्तिकारको यस्ता कयांै विदेशीहरु लगायत सबै तह र तप्काका नेपाल र नेपालीका चिन्तकहरुसँग सम्पर्क हुँदा राजा वीरेन्द्रको बारेमा आजसम्म कयांै कुराहरु हुने गरेका छन् । धेरै जसोले त मेरो परिचय दिने बित्तिकै तपाई त राजा वीरेन्द्रसँग हुनुहुन्थ्यो हैन र भनिहाल्छन् । यस कुराले मलाई गौरब बोध पनि लाग्छ र कहिलेकाहीँ राजा वीरेन्द्रलाई सम्झँदा गला अवरोध पनि हुन्छ । यस्तै घटना २०७९ आश्विन ३० गते काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पतालका कानसम्बन्धी विशेषज्ञ डा.प्रकाश काफ्लेसँग पनि भयो ।
डा. प्रकाश काफ्लेसँग यो पङ्तिकारको पहिला कही कतै भेट भएको थिएन, कान देखाउने सन्दर्भमा नाम लेखाएर उहाँको कोठामा पस्ने बित्तिकै तपाईलाई नामैले चिनिसके राजा वीरेन्द्रसँग लामो समय सँगै बस्नुभएको हो नि त भन्दै राजा वीरेन्द्रको प्रशंसासमेत गर्दै उहाँलाई लागेका राजा वीरेन्द्रका कमजोरीको बारेमा पनि भन्नुभयो । त्यत्तिबेला राजा वीरेन्द्रले चाहेका र गरेका भए नेपाल धेरै विकास भैसक्थ्यो । असल राजा भएर पनि किन विकास नभएको होला जस्ता कुरा निकाल्नुभयो । बाहिर उहाँको क्लिनिकमा बिरामीको लाम हँुदा पनि केही बेर हाम्रो नेपालको समग्र विकासको बारेमा कुराकानी भयो । सारांशमा डा.काफ्ले एक राष्ट्रवादी र राजसंस्थावादी भएको मलाई लाग्यो । उहाँसँग भएका राजा वीरेन्द्रको बारेमा केही कुराहरु यस आलेखमा राख्न सान्दर्भिक ठानेको छु ।
राजा वीरेन्द्रमा नेपाल र नेपालीप्रति असाधारण माया र ममता हुँदाहुँदै पनि उहाँले चाहे जति नेपालमा हुन र गर्न नसकिएको कैयौ कारणहरु छन् । त्यसको चर्चा गर्ने यस लेखकको म«ल विषय त होइन । वास्तवमा उहाँको स्पस्ट धारणा के थियो भने समग्र देश विकासमा एउटा राजाले मात्र गरेर केही हुँदैन । सबै तह र तप्काका जिम्मेवार निकाय र व्यक्तिहरुबाट राजा सँगसँगै नेपालको भएको नियम र कानुन अन्तर्गत रहेर इमान्दारिता देखाउनै पर्दछ । राजाले सिर्फ एक चौतारीको रुपमा रहेर सबैलाई छहारी दिएर प्रणालीबद्ध व्यवस्थित गराउने मात्र हो ।
यसै विचारले नै राजा वीरेन्द्रलाई सबैले प्रजातान्त्रिक राजा भनेका हुन् जस्तो लाग्छ । तर जिम्मेवार पद समालेर बसेका, राजाका विश्वासपात्र भनाँउदा केही व्यक्तिहरुले नेपालको भलो नचाहने तथा नेपाल जहिले पनि अस्थिर मात्र रहोस् भन्ने बाह्य र आन्तरिक षड्यन्त्रकारी शक्तिको उक्साहटमा हो वा अज्ञानताले हो वा के हो उहाँको नेपालको दु्रतगतिमा विकास गराउने बाटोमा तगारो बनेको घटनाहरु पनि छन् ।
उदाहरणको लागि २०२८ सालमा वीरेन्द्र राजा भए पश्चात २०२९ सालमा उहाँकै अध्यक्षतामा राष्ट्रिय विकास परिषद् गठन गरी समग्र विकासमा सबैलाई समेटेर अगाडि बढ्न खोजियो । तर बाह्य शक्तिको उक्साहटमा हो वा के हो केही त्यतिबेलाका पञ्चायती व्यवस्थाकै हस्ती भनाँउदाहरुबाट पनि कालो टीका लगाएर इट्रम्बहालमा “भ«मिगत गिरोह” भन्दै घुमाउरो पाराले राजा वीरेन्द्रको समग्र देश निर्माणको बाटोमा अवरोध गरिने आसयको भाषण यो पङ्तिकार त्रिचन्द्र कलेजको विद्यार्थी हुँदा सुनेकै हो । यति मात्र नभई पञ्चायतकालका एक प्रधानमन्त्री दिल्ली भएर य«रोप जाँदा राजा वीरेन्द्रले यो पटक दिल्लीमा कसैलाई नभेट्नुभन्दा राती भारतका तत्कालीन प्रधानमन्त्रीलाई भेटेको कुरा राजालाई जानकारी हँुदा य«रोपबाट फर्कने वित्तीकै प्रधानमन्त्रीलाई हटाउने काम पनि राजा वीरेन्द्रबाट भएकै हो ।
राजा वीरेन्द्रको कार्यकालमा जनताले चाहेजति विकास हुन नसके तापनि राष्ट्र र राष्टियता कहिल्यै डगमगाउन पाएन । उहाँबाट जे काम हुँदा पनि सुझबुझको साथ हुन्थ्यो । यसका कयांै उदाहरणहरु मध्ये एउटा विश्वेशरप्रसाद कोइरालाको विचार लिन सकिन्छ ।
विश्वेशरप्रसाद कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय मेल मिलापको सिद्धान्तअनुरुप नेपाल आउन खोज्दा केहीले राजा वीरेन्द्र र बी.पीको बीचमा बार बन्न खोज्दै राजा वीरेन्द्र अप्रजातान्त्रिक घेराभित्र छन् तपाईलाई मृत्युदण्ड हुनसक्ने ख्याल नगरी नेपाल फर्कने तयारीमा हुनुहुन्छ । मृत्युदण्ड भयो भने ? भन्दा बि.पी.ले तपाईहरु राजा वीरेन्द्रको बारेमा मलाई यस्ता कुरा नगर्नुस् । २०२८ सालदेखि आजसम्म भएका राजाका निर्णयहरुमा मलाई यस्तो एउटा राजाको निर्णय भन्नुस् जुन होडबाजीमा भएको छ ? यसरी राजा वीरेन्द्र सबै नेपालीका ढुकढुकीमा अटाएका नेपाल राष्ट्र र राष्ट्रियताका धरोहर थिए ।
राजा वीरेन्द्रको हरेक बोली र व्यवहारमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका सुगन्धहरु फैलिएको देखिन्छ । बहुदलीय व्यवस्थाका एक दरिलो संरक्षकको रुपमा रहेका उहाँका कयौ सन्देशहरुमा देखिन्छ । उदाहरणको लागि गद्दी आरोहणको रजत महोत्सवको अवसरमा अभिनन्दन समारोह २०५३ माघ १८ गते दशरथ रंगशालाको सन्देशमा “हाम्रो सम्प«र्ण अभ्यास संस्कार र व्यवहार प्रजातान्त्रिक आधार, म«ल्य मान्यताभित्रै हुन जरुरी छ ।
बहुदलीय व्यवस्थामा दलहरुबीच विभिन्न किसिममा मतान्तर हुनु स्वभाविकै भए तापनि राष्ट्रिय सरोकारका विषयहरुमा दलीय दृष्टिकोणबाट माथि उठी राष्ट्रिय सहमतीमा पुग्नु आवश्यक हुन्छ”, भन्ने जस्ता राष्ट्रका मियोका रुपमा उभिन सक्ने र उभिने नेतृत्व आज यो देशमा खै कहाँ को छ ? आजको अवस्था हेर्दा राजनीतिक नेतृत्व तहमा सत्ता, शक्ति र स्वार्थ प«रा हुन्छ भने जो जता पनि ढल्कन र पल्टन सक्ने स्थितिले नेपाली राजनीतिलाई बिकाउको वस्तु जस्तो बनाएको छ । यहाँसम्म कि संविधानका कयौं प्रतिबद्धताहरु व्यवहारमा उल्लंघन भएका छन् ।
यही कारण हाम्रो व्यवस्थापिका, कार्यपालिका न्यायपालिका लगायत अन्य निकायहरु पनि राजनीतिक स्वार्थका खेलौना जस्तो हुनु नेपालको लागि लज्जाजनक दुर्भाग्य हो । राजा वीरेन्द्रको कार्यकालमा यस्ता गतिविधिहरु कहिल्यै भएनन् । त्यसै भएर राजा वीरेन्द्रलाई आजसम्म पनि सबै नेपाली र नेपालको शुभ चिन्तक विदेशीहरुले पनि सम्झिरहेका छन् र भोलि पनि सम्झनेछन् ।