भलिबल संघलाई ७० लाखको म्याट

काठमाडौं । नेपाल भलिबल संघले अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) बाट भलिबल खेल्ने म्याट सहयोग स्वरुप प्राप्त गरेको छ । झन्डै ७० लाख रुपैयाँ बराबरको म्याट गत साता काठमाडौं आइपुगेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । एफआइभिबी डेभलपमेन्ट हव २०१९ प्रोजेक्टमा छनोट भएर म्याट प्राप्त गरेको बताइएको छ । एफआइभिबीले सामाग्री पठाएको यो चौथो […]

Read more

लिभरपुल बन्यो ३० वर्षपछि प्रिमियर लिग च्याम्पियन

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इङ्गलिश प्रिमियर लिग फुटबलको च्याम्पियन बनेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी बिहीबार रातिको खेलमा चेल्सीसँग २–१ ले पराजित भएपछि लिभरपुलले ७ खेल अगाडि नै उपाधि जितेको हो । घरेलु मैदान स्टामफर्ड ब्रिजमा चेल्सीले पहिलो हाफको ३६ औं मिनेटमा अग्रता लिएको थियो । अमेरिकी विंगर क्रिस्टियन पुलिसिचले […]

Read more

खेलकुद विकास ऐन प्रमाणीकरण

काठमाडौं । नेपालमा नयाँ खेलकुद विकास ऐन लागु भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो । नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को […]

Read more

टेबलटेनिस मुख्य प्रशिक्षकमा ढुंगेल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा […]

Read more

कराँतेमा नेपाललाई एक स्वर्ण र एक रजत

काठमाडौं । सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । केरला कराँते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको ईभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी ईसेल बोनो अक्विनोलाई फाईनलमा पराजित गर्दै स्वर्ण हात पारेकी हुन् । उनले २४.१४ अंक प्राप्त गरेकी […]

Read more

ललित स्मृति यु–१८ फुटबलको उपाधि आर्मीलाई

काठमाडौं । ललित स्मृति १८ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवले जितेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा लुम्बिनी फुटबल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि सीधै टाइब्रेकरमा निर्णय भएको खेलमा आर्मी ३–१ ले विजयी भएको […]

Read more

पल्सर स्पोर्टस् अवार्डमा पब्लिक च्वाइस मनोनयन

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्र्दै आएको पल्सर स्पोर्टस् अवार्ड २०७२ का लागि पिपल्स च्वाइस अवार्ड विधाको मनोनयनमा पर्ने पाँच खेलाडीको नाम सार्वजनिक भएको छ । पिपल्स च्वाइस अवार्डको मनोनयनमा टेबल टेनिसकी नविता श्रेष्ठ, फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली परेका छन् । उनीहरुलाई एसएमएस र फेसबुकमार्फत भोट […]

Read more

आठ बर्षपछि युएस ओपनमा नेपाल

काठमाडौं । आठ बर्षको लामो अन्तरालपछि नेपाली ब्याडमिन्टन टोलीले अमेरिकामा भोलिदेखि हुँदै गरेको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा भोलिदेखि आइतबारसम्म हुने ‘योनेक्स युएस ओपन ग्रापि ब्याडमिन्टन च्याम्पियनसिप’ मा सहभागी हुन नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठको नेतृत्वमा नङ्गसल तामाङ, रत्नजित तामाङ र विकास श्रेष्ठ गत बिहीबार नै अमेरिका गएका हुन् । […]

Read more

राष्ट्रिय भलिबलको उपाधि सशस्त्र प्रहरीलाई

काठमाडौं । यति फ्लोरिङ्ग राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ । फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । राजधानीको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनलमा सशस्त्रले पुलिसलाई २५–१६, २५–२० र २५–११ ले हरायो । प्रतियोगितामा सर्वोत्कृष्ट बन्न सफल सशस्त्रकी […]

Read more

मेधावी सम्मानबाट उत्कृष्ट सम्माानित

दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा राजधानीको त्रपुरेश्वरस्थित राखेप हातामा संयुक्त आयोजित कार्यक्रममा विराजलाई नगद १५ हजार १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो । गत वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली […]

Read more