लकडाउनमा घरमा बसीबसी हेर्नुस् ‘चिसो भन्ज्याङ’ (भिडियोसहित)

Home Feature मनोरञ्जन

काठमाडौं । लकडाउनका बेलामा नाटक ‘चिसो भन्ज्याङ’ अब घरमै बसेर हेर्न मिल्ने भएको छ । उक्त नाटक युट्युव मार्फत सार्वजनिक भएको छ ।

२०७४ सालमा मण्डला थिएटरमा मन्चन भएको उक्त नाटक नाट्य प्रेमीहरुलाई घरमै बसेको बेला समेत हेर्न सहज होस् युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

सन्दिप श्रेष्ठको निर्देशन रहेको नाटकमा पूजा लामा, अनुप न्यौपाने, सविना गोपाली, प्रतिक दुलाल, भारत लिम्बु, पुस्कर कार्की, दीपिका खाकाल लगायतको अभिनय रहेको छ ।

यो नाटक इयान म्याकइवानको सन् २००१ मा प्रकाशित उपन्यास ‘एटोनमेन्ट’ मा आधारित रहेको छ ।

नाटकमा सामाजिक परिवेश देखाइएको छ ।