कोरोना संक्रमित २९१२, संक्रमण ६८ जिल्लामा, एकैदिन २७८ थपिए

Home Feature समाचार समाज

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ६८ जिल्लामा पुगेको छ । अब मात्र ९ जिल्लामा संक्रमण पुग्न बाँकी रहेको छ । दुई महिनाको अवधिमा ६७ जिल्ला थपिएका हुन् ।

कोरोना संक्रमितको संख्या बढेर २ हजार ९ सय १२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन् ।

शुक्रबार २७८ जना संक्रमित थपिएका छन् । शुक्रबार गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् ।

। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन् ।

शुक्रबार एकै दिन ४३ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म कूल ३३३ जना डिस्चार्ज भएका छन् । तीमध्ये ६१ महिला र २७२ पुरुष रहेका छन् । अहिलेसम्म सङ्क्रमितको अस्पताल बसाई औषत दिन १५ रहेको छ । पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट परीक्षण एक लाख ३२ हजार ९६६ व्यक्तिको गरिएको छ । आइसोलेसनमा दुई हजार ५६८ र क्यारेन्टिनमा एक लाख ६६ हजार ७६५ व्यक्ति रहेका छन् ।