‘सुनील थापा इज अ पोलिटिकल ट्युमर’

Home Feature राजनीति समाचार

काठमाडौं । ‘नाम कमाउन गा¥हो छ । कमाएको नामलाई जोगाइराख्न अझ गा¥हो छ । बदनाम हुन बेर लाग्दैन ।’ यो नेपाली भनाई सबैका लागि लागु हुन्छ । जुनसुकै पेशा र क्षेत्रको मानिसलाई लागु हुन्छ । एक गल्तीले वर्षौंको मेहनत सखाप हुन सक्छ । बाबुबाजेको नाम माटोमा मिल्न सक्छ ।
अहिले सुनीलबहादुर थापा त्यही चरित्रमा उत्रिएको भनी टिप्पणी भइरहेको छ । बाबुले कमाइदिएको नाम उनले क्षणभरमै खरानी पारे । एक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताले जनभावना साप्ताहिकसंग भने, ‘सुनील थापा इज अ पोलिटिकल ट्युमर’ ।
राप्रपाका नेता सुनिलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार साउन १३ गते आफूसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन् । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए ।
देउवाले सदस्यता प्रदान गरेका थिए । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका थापाले कांग्रेसमा प्रवेश गर्नुअघि राप्रपा परित्याग गरेका थिए । उनीसंगै ३१ जनाले पार्टी छाडेको बताइए पनि १३ जनामात्र कांग्रेसमा छिरेका हुन् । बाँकी भने कतै गएका छैनन् । थापाले आफ्नो ठूलै जमात रहेको देखाउन पनि धेरै जनाले छाडेको बताएको विश्लेषण गरिएको छ ।
के का लागि गए थापा कांग्रेसमा ?
मानिस टिक्ने उसको विचारले हो । जसको विचार हुँदैन त्यो शून्य हुन्छ । ऊ वाध्य भएर अरुको इशारामा चल्छ । नभन्दै त्यही भयो । राप्रपाका नेता थापाको विचार शून्य भयो र अन्ततः भड्किएर राप्रपा त्यागे । लोभमा फसे र कांग्रेसमा छिरे । उनी मन्त्री भइसकेका । उनको हैसियत उनका बाबु सूर्यबहादुर थापाले नै बनाइदिएका हुन् ।
तिनै थापाले अहिले पदका लागि नेपाली कांग्रेसमा नआएको दाबी गरेका छन् । कांग्रेस मुख्यालय सानेपामा कांग्रेस प्रवेश गरिसकेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले आफू कुनै पदको लोभमा कांग्रेसमा नआएको दाबी गरेका हुन् । थापाले देउवाले दिने पदमा आफूलाई स्वीकार्य भएको बताए । उनले भने, ‘पदका लागि म पार्टीमा आएको होइन । पदको लागि भए त म राप्रपामै बस्थें नि मलाई त डोको भरीको पद दिएको थियो । मेरो अनुभव र मैले गरेका कामहरुको अनुभवमा अब सभापतिज्यूले के जिम्मेवारी दिनुहुन्छ । म उहाँको मन्त्रिपरिषद्मा बसेको हुनाले उहाँले मेरो क्षमताको आफैं इभ्यालुएसन गर्नुभएको छ ।’
उनले लोकतान्त्रिक पार्टी कांग्रेसलाई थप मजबुत र बलियो बनाएर अधिनायकवादसँग लड्नका लागि कांग्रेसमा आएको बताए । उनको हैसियत के र कांग्रेसमा उनले पाउने भूमिका के हुन सक्छ भन्ने पनि स्पष्टै छ । सहारा नभएकालाई गर्ने व्यवहार के हुन्छ भन्ने पनि स्पष्टै छ । उनलाई महामन्त्री दिने चर्चा चल्यो । त्यो पद राख्न सक्ने अवस्था तत्कालै छैन । किनकि विधान परिवर्तन गर्नुपर्छ । काम चलाउका लागि सहमहामन्त्री दिने भन्ने चर्चा पनि चलेको छ । कांग्रेस आफै आन्तरिक किचलोमा रहेका बेलामा जनमत नै नभएका थापालाई कसले पत्याउने ।
गयो राप्रपाको विरासत
पञ्चायतमा रहेका सूर्यबहादुर थापाले २०४६ सालमा बहुदल आएपछि पञ्चायत ढल्यो । त्यसपछि अस्तित्वमा त रहनु प¥यो । त्यसका लागि सूर्यबहादुरले राप्रपा खोले । पूर्व पञ्चहरुको समूह मिलेर राप्रपा गठन भएको हो । यद्यपि राप्रपा धेरै चिरामा विभक्त भयो । सूर्यबहादुर थापा आफैले अर्कै पार्टी खोले । र पनि उनी राप्रपालाई माथिसम्म पु¥याउन प्रयासरत रहे पार्टी नफुटुन्जेल ।
उनको कहिल्यै कांग्रेससंग मेल खाएन । उनी बीपी कोइरालालाई झुण्डयाउनु पर्छ भन्थे । बीपीसंग उनको कहिल्यै मेल खाएन । पञ्चायत ढालेर बेथितिवाद ल्याउनमा बीपीको ठूलो हात छ । साथै सिङ्गो कांग्रेस पार्टीको हात छ । तसर्थ राप्रपा र कांग्रेसबीच कहिल्यै एकता हुन्न ।
यति भन्दाभन्दै यसअघि कांग्रेससंग मिलेर कमल थापाले सम्हालेको राप्रपा सरकारमा गयो । त्यो पनि देउवाले सम्हालेको सरकारमा । राप्रपाले मति यहींनेर छाड्यो ।
कमल थापाकै कारण राप्रपा विभक्त भयो । राजसंस्था चाहिन्छ भन्ने तर त्यसप्रति प्रतिवद्ध नहुने । हिन्दू राष्ट्र चाहिन्छ भन्ने अनि धर्म निरपेक्ष बनाउनेहरुसंग सहकार्य गर्ने । कमल थापा राजातिर पनि ठिक्क र गणतन्त्रवादीहरुसंग पनि ठिक्क । त्यही भएरै अहिले राप्रपाबीच एकता भए पनि तीन जना अध्यक्ष छन् । पूर्ण एकता भएको छैन । एजेन्डा धमिलिँदा अप्ठेरोमा परेका छन् ।
बाबुको सहारामा बलियो पकड देखिएको तर इमान नभएका नेताका रुपमा थापा उत्रिएका छन् । उनले पूर्वराजासंग भेट मागेका थिए । जसको हैसियत छँदैछैन उसलाई के को भेट भन्दै पूर्वराजाले भेट नदिएको बताइएको छ । यसरी उनी अब घर न घाटका बन्दै गरेको पनि चर्चा हुन थालेको छ । राप्रपाका पुराना नेताहरु ‘उमेर गए पनि सुनीलको बाल सनक अझै नगएको’ भनी टिप्पणी गर्छन् । राजनीतिकविद्हरु उनलाई साँच्चिकै ट्युमरको रुपमा परिभाषित गर्छन् । कतै उनी विष्फोट हुने हुन् कि भन्ने खतरा छ । नहोस् । वाद बिनाका सुनील अभिभावक बिनाका बेसाहारा जस्ता भएका छन् । उनलाई कांग्रेस कार्यकर्ताले पुज्ने कहिँ कतै पनि बहाना देखिँदैन ।